आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले कार्यदलको बैठक सकियो, यस्तो छ आगामी तयारी

एमाले कार्यदलको बैठक सकियो, यस्तो छ आगामी तयारी

  • मिडिया डबली
  • मंगलवार, आषाढ २२ २०७८

  • 5.9K
    SHARES

  • एमाले कार्यदलको बैठक सकियो, यस्तो छ आगामी तयारी

    काठमाडौं – नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि ब्युँताइएको कार्यदलको मंगलबारको बैठक सकिएको छ ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक ठोस निष्कर्ष निकाल्न असफल भएको जनाइएको छ ।

    बैठकमा सहभागी नेता माधवकुमार नेपाल पक्षका सचिव गोकर्ण विष्टले हिजोभन्दा आज प्रगति भएको जानकारी दिए ।

    विवाद समाधान गरेर सहमति हुने गरी भोलि बुधबार फेरि बैठक बस्ने तयारी रहेको उनले बताए ।

    बैठकमा सहभागी नेता रघुजी पन्तले मंगलबारको छलफल मूल मुद्दामा प्रवेश गरेको र छलफल जारी रहेको बताए ।

    नेता पन्तले अध्यक्ष केपी शर्मा ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेबारे छलफल नै नभएको बताए ।

    ओलीले पार्टी एकताका लागि सोमवार कार्यदल ब्यूँताएपछि बैठक भइरहेका छन् । कार्यदलको बैठक सोमबार साँझ सिंहदरबारमा बैठक बसेको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend