काठमाडौं – नेकपा एमालेभित्रको विवाद समाधान भएर पार्टी एकीकरणको अन्तिम खाका तयार भइरहेका बेला असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालनिवास कोटेश्वर पुगेका छन् ।
जनकपुरमा रहेका प्रचण्ड हतारहतार काठमाडौं आएर नेपाल निवास कोटेश्वर पुगेका छन् ।
एमालेको विवाद मिलाउने कार्यदलको बैठक सिंहदरबारमा बसेर सहमतिको अन्तिम खाका कोरिरहेका बेला प्रचण्डले नेपाललाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रचण्डको योजनामा नेपालसहित एमालेका केही सांसद नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा सहभागी भएपनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लचिलो भएपछि सहमति जुट्ने सम्भावना छ ।
प्रचण्डसँगै विपक्षी मोर्चामा रहेका नेता नेपाल एमाले अध्यक्ष ओलीसँग मिल्नसक्ने देखिएपछि प्रचण्ड आत्तिँदै कोटेश्वर पुगेका स्रोतले जनाएको छ ।
एमालेमा सहमति जुटेर छिट्टै ओली र नेपालको हस्ताक्षरसहित संयुक्त वक्तव्य जारी गर्ने तयारी भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।