सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

यी हुन् कांग्रेसमा महामन्त्रीका सशक्त दाबेदार, जसले कांग्रेसको भविष्य बोक्छ

यी हुन् कांग्रेसमा महामन्त्रीका सशक्त दाबेदार, जसले कांग्रेसको भविष्य बोक्छ

  • मिडिया डबली
  • मंगलवार, आषाढ २२ २०७८

  • 10.1K
    SHARES

  • यी हुन् कांग्रेसमा महामन्त्रीका सशक्त दाबेदार, जसले कांग्रेसको भविष्य बोक्छ

    काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारीका आकांक्षीको समेत संख्या बढ्दै गएको छ । महाधिवेशनको मिति तोकिएसँगै कांग्रेसमा पनि समीकरणमा तीव्र फेरबदल हुने संकेत देखिएको छ ।

    कांग्रेसमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तालाई पदाधिकारी मानिएको छ । जसमध्ये प्रवक्तालाई पार्टी सभापतिले मनोनीत गर्नेछन् ।

    बाँकी सबै निर्वाचित हुनेछन् । तर, अहिले कांग्रेसमा सभापति र महामन्त्रीमा कसले उम्मेदवारी दिँदैछ ? को कुन पक्षबाट उठ्दैछ ? भन्ने विषयले मात्र चर्चा परिचर्चा पाएको छ ।

    उपसभापति, कोषाध्यक्ष र सहमहामन्त्री पद छायाँमा परेको छ । यतिबेला सबैभन्दा धेरै सभापतिका आकांक्ष्ँ देखिएका छन् । सभापतिमा दाबेदार गर्नेको संख्या एक दर्जन पुगेको छ ।

    यस्तै, पार्टीको महत्वपूर्ण अर्को पद महामन्त्री हो । महामन्त्री नै पार्टीको आगामी नेतृत्व हाँक्ने पदाधिकारी हो । त्यसैले यसपटक कांग्रेसमा युवा नेताहरूको महामन्त्रीमा दाबेदारी बढी देखिएको छ । अघिल्लो पटक दोस्रो तहका नेता महामन्त्रीका दाबेदार थिए ।

    तर, अहिले तेस्रो पुस्ताले महामन्त्रीमा आफ्नो सशक्त दाबी गरिरहेको छ । जसमा गगन थापा, विश्वप्रकाश शर्मा, डा.प्रकाशशरण महत, बालकृष्ण खाँण, डा.मिनेन्द्र रिजाल, गुरुराज घिमिरेलगायतको चर्चा बढी छ ।

    गगन थापा १३औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेका थिए । त्यसबेला शशांक कोइराला विजयी बने । शर्मा अहिले पार्टीका प्रवक्ता छन् । उनलाई धेरैले महामन्त्रीमा देख्न चाहेका छन् । शर्माले पनि कुन पदमा उठ्ने निधो गरिसकेका छैनन् ।

    डा.महत पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिन्छन् । महतले यसपटक आफूलाई महामन्त्रीमा अघि सार्ने बताउँदै आएका छन् । खाँण अहिले केन्द्रीय सदस्य मात्रै हुन् ।

    नेविसंघ र तरुण दलको पूर्वअध्यक्ष पनि भएकाले खाँणको प्रभाव देशव्यापी छ । यसपटक उनले संस्थापन पक्षमा आफूलाई महामन्त्रीमा उठ्ने भन्दै दाबी गरेका छन् ।

    यस्तै, डा.रिजाल तार्किक र बौद्धिक नेता मानिन्छन् । उनी पनि यसपटक महामन्त्रीका आकांक्षी हुन् । तर, रिजालले केमा उठ्ने भनेर घोषणा गरिसकेका छैनन् ।

    पार्टीमा कस्तो किसिमको समीकरण बन्छ त्यसपछि मात्रै निर्णय लिने रिजालले बताउँदै आएका छन् । केन्द्रीय सदस्य घिमिरे पनि महामन्त्रीका आकांक्षी हुन् । नेविसंघका पूर्वअध्यक्ष घिमिरे अहिले नेता रामचन्द्र पौडेल निकट छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend