आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले कार्यदलको बैठक सकियो, भीम रावलसहित यस्तो निर्णय

एमाले कार्यदलको बैठक सकियो, भीम रावलसहित यस्तो निर्णय

  • मिडिया डबली
  • सोमवार, आषाढ २१ २०७८

  • 6.5K
    SHARES

  • एमाले कार्यदलको बैठक सकियो, भीम रावलसहित यस्तो निर्णय

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा सकिएको छ । 

    एकता कार्यदलको बैठक भोलि मंगलबार दिउँसो १ बजे बस्ने निर्णय गर्दै सकिएको उपमहासचिव घनश्याम भुसालले बताएका छन् ।

    बैठक सकिएपछि भुसालले भने, ‘आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन भयो र भोलि दिउँसो १ बजे बस्ने निर्णय भयो ।’

    गत जेठ २ गते गठन भएको कार्यदलको बैठक सोमबार ५० दिनपछि बसेको छ । गत जेठ ४ गते कार्यलको बैठक सिंहदरबारमा बसेको थियो । 

    कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ संयोजक तथा माधव नेपालको तर्फबाट उपाध्यक्ष भीम रावल संयोजक रहेका छन् ।

    संस्थापन पक्षबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् । 

    नेपाल पक्षबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन् ।

    अध्यक्ष ओली र नेपालबीच एमालेलाई जेठ २ गतेकै अवस्थामा फर्काउन भन्दै गत जेठ २ गते कार्यदल गठन भएको थियो । कार्यदल गठन भएको २ दिनपछि जेठ ४ गते बैठक बसेपनि त्यसयता कार्यदल निष्क्रियजस्तै रहेर पार्टीमा विवाद झनझन् बढेको थियो ।

    बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा माधव नेपाल पक्षले स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई मत दिएपछि विवाद बढेर कार्यदल निष्क्रिय भएको थियो । 

    जेठ ८ गतेमा प्रतिनिधिसभा विघटन भएसँगै नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले विवाद झन् उत्कर्षमा पुगेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend