आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विघटन विरुद्धको फैसला आउनैलाग्दा निर्वाचन आयोगको यस्तो निर्णय (पूर्णपाठ)

विघटन विरुद्धको फैसला आउनैलाग्दा निर्वाचन आयोगको यस्तो निर्णय (पूर्णपाठ)

  • मिडिया डबली
  • सोमवार, आषाढ २१ २०७८

  • 6.5K
    SHARES

  • विघटन विरुद्धको फैसला आउनैलाग्दा निर्वाचन आयोगको यस्तो निर्णय (पूर्णपाठ)

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ सकिएर फैसला आउनैलाग्दा निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    निर्वाचन आयोगले कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कार्यक्रम प्रकाशित गरेको हो । 

    आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिएको छ ।

    प्रत्यक्ष निर्वाचित हुने सांसदका लागि असोज २० र २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ । असार ३१ गतेदेखि निर्वाचन अवधि सुरू हुने आयोगको कार्यतालिकामा रहेको छ । 

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो ।

    el.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend