आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीलाई राष्ट्रपति बनाएकोमा एमालेभित्रै पछुतो ! गलत मान्छे भएको ठहर

विद्या भण्डारीलाई राष्ट्रपति बनाएकोमा एमालेभित्रै पछुतो ! गलत मान्छे भएको ठहर

  • मिडिया डबली
  • आइतवार, आषाढ २० २०७८

  • 10.2K
    SHARES

  • विद्या भण्डारीलाई राष्ट्रपति बनाएकोमा एमालेभित्रै पछुतो ! गलत मान्छे भएको ठहर

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले गलत मान्छे विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउँदा अहिलेको अवस्था आएको दाबी गरेकी छन् ।

    विपक्षी गठबन्धनमा रहेका ५ राजनीतिक दलका विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा नेत्री झाँक्रीले आफूले त्यतिबेलै विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउन नहुने सुझाव दिएको भए पनि नेतृत्वले नमान्दा संविधानको संरक्षण नभएको बताएकी छन् ।

    झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीका कारण संविधानमाथि खतरा भएको आरोप लगाएकी छन् ।

    ‘हामीले यी व्यक्तिलाई राष्ट्रपति बनाउन हुँदैन, लोकतन्त्र गणतन्त्रको गरिमा कायम राख्नै सक्दैन भनेर त्यही बेला आन्तरिक हिसाबले भनेका थियौं । तर त्यो कुरा मानिएन । एउटै पार्टीभित्र पनि फरक विचार समूह छ भने चेक एण्ड ब्यालेन्स हुनुपर्छ भनेका थियौं,’ उनले भनिन् ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी मिल्दा संविधानमाथि हस्तक्षेप भएको उनले बताइन् । ‘आज हेड अफ द स्टेट र हेड अफ देक एक्जुकेटिभ मिल्दा संविधान च्यातचुत भएन ? लाखौं–हजारौंका सपनामाथि तुषारापात भएन ?’ झाक्रीले भनिन् ।

    कुनै व्यक्तिको सत्ता निरन्तरता दिन पार्टी विघटन गरेको उनले आरोप लगाइन् । झाँक्रीले प्रतिनिधिसभा पुनःस्थापन भए पनि राजनीतिक स्थायित्व नहुने भन्दै अहिले निर्णायक बेला भएको बताएकी छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend