काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम पूरै नघटेकाले राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने भएको छ ।
राजधानी काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको बैठक आज आईतबार बसेर निषेधाज्ञा अझै खुकुलो बनाउँदै १ हप्ता थप्ने तयारी रहेको स्रोतले जनाएको छ ।
बैठकले माइक्रो बस र ट्याम्पो सञ्चालनबारे समेत निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्ने तयारी छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सकेसम्म आइतबारै अपराह्न, नभए सोमवार बिहान बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । पराजुलीका अनुसार माइक्रो बस र ट्याम्पोबारे निर्णय हुने भएको छ ।
अघिल्लो हप्ताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारीसाधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी रहेको छ । संक्रमण दर घट्दै गएपछि हाल निषेधाज्ञालाई प्रशासन खुकुलो बनाउँदै गएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।