आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महेश बस्नेतले ल्याए केपी ओली प्रधानमन्त्री बन्नै नपाउने प्रस्ताव, धर्म निरपेक्षता हटाउने !

महेश बस्नेतले ल्याए केपी ओली प्रधानमन्त्री बन्नै नपाउने प्रस्ताव, धर्म निरपेक्षता हटाउने !

  • मिडिया डबली
  • शनिवार, आषाढ १९ २०७८

  • 11.3K
    SHARES

  • महेश बस्नेतले ल्याए केपी ओली प्रधानमन्त्री बन्नै नपाउने प्रस्ताव, धर्म निरपेक्षता हटाउने !
    फाइल तस्वीर

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको जारी  केन्द्रीय कमिटी बैठकमा प्रभावशाली युवा नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली अब प्रधानमन्त्री बन्नै नपाउने प्रस्ताव ल्याएका छन् ।

    नेता बस्नेतले २ पटक प्रधानमन्त्री बनिसकेको व्यक्ति तेस्रोपल्ट प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव ल्याएका छन् । बस्नेतको प्रस्ताव पारित भएमा २ पटक प्रधानमन्त्री बनिसकेका ओली फेरि प्रधानमन्त्री बन्न पाउने छैनन् ।

    एमाले केन्द्रीय सदस्य तथा युवा इञ्चार्ज बस्नेतले संघीयता र धर्म निरपेक्षताबारे समेत समीक्षा हुनुपर्ने प्रस्ताव बैठकमा गरेका छन् । बस्नेतले धर्मनिरपेक्षताबारे बहस गरेर मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने प्रस्ताव गरेका छन् ।

    बस्नेतले बैठकमा राखेको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र २ कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख गरिएको छ ।

    बस्नेतले पार्टी अध्यक्ष पनि २ कार्यकालभन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव समेत गरेका छन् । पार्टी र राज्यका पदमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव समेत गरिएको छ ।

    बस्नेतले पार्टीको महाधिवेशनको राजनीतिक प्रतिवेदन र विधान तथा चुनावको घोषणा पत्रमै यी विषयको सम्बोधन गर्न केन्द्रीय कमिटीबाट कार्यदल बनाउन माग समेत गरे ।

    यसैबीच, सत्तारुढ दल नेकपा एमालेमा विवाद चर्किएका बेला नेता माधवकुमार नेपाल पक्ष विना नै पार्टी अगाडि बढ्ने देखिएको छ । एमालेको शनिबार बसेको बैठकले आगामी साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनबारे निर्णय गरेको छ । विधान महाधिवेशनअघि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने र साउन ५ गतेसम्म केन्द्रीय कार्यालयमा पार्टी सदस्यताको अन्तिम नामावली दिने निर्णय भएको जनाइएको  छ ।

    यसअघि, सत्तारुढ दल नेकपा एमालेभित्र विवाद मिलाउन सक्रिय भएका अध्यक्ष ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरूबीच ठोस सहमति हुन सकेको थिए । ललितपुरको कुपण्डोलस्थित समिट होटेलमा भएको औपचारिक छलफलमा एकता प्रक्रियाका लागि निरन्तर छलफलमा रहने सहमति मात्रै भएको थियो ।

    छलफललाई जारी राखेर शीर्ष नेताहरूलाई संवादका लागि प्रयत्न गर्ने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको प्रयत्न अन्तर्गत अध्यक्ष ओली र नेता नेपालबीच आज शनिबार टेलिफोन संवाद समेत भएको छ ।

    वार्तामा सहभागी एमाले नेता घनश्याम भुसालले वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेर दुवै शीर्ष नेताबीच संवाद गराएका थिए ।

    दिउँसो १ बजेदेखि २ घण्टा चलेको छलफलमा ओली पक्षबाट एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ सहभागी रहेका थिए भने वरिष्ठ नेता नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाल सहभागी भएका थिए ।

    यसअघि बिहीवार राति र शुक्रवार बिहान पनि दुबै नेताबीच संवाद भएको थियो । नेता नेपालले ओलीले शुक्रवार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले बैठकमा सहभागी हुन निम्तो दिएका थिए तर नेपाल बैठकमा सहभागी भएनन् ।

    अध्यक्ष ओलीले असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी असार १८ गते केन्द्रीय कमिटी बैठक राखेका थिए । बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले २३ सांसदहरूले हस्ताक्षर फिर्ता लिन सोमवार साँझसम्मको चेतावनीयुक्त समयसीमा तोकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend