आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली र नेपाललाई यसरी मिलाउँदैछन् घनश्याम भुसाल, टेलिफोन वार्ता

ओली र नेपाललाई यसरी मिलाउँदैछन् घनश्याम भुसाल, टेलिफोन वार्ता

  • मिडिया डबली
  • शनिवार, आषाढ १९ २०७८

  • 9.0K
    SHARES

  • ओली र नेपाललाई यसरी मिलाउँदैछन् घनश्याम भुसाल, टेलिफोन वार्ता

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद गराइएको छ ।

    शनिबार नेपाल निवास कोटेश्वर पुगेर उपमहासचिव घनश्याम भुसालले ओली र नेपालबीच संवाद गराएका हुन् ।

    यसअघि बिहीवार राति र शुक्रवार बिहान पनि दुबै नेताबीच संवाद भएको थियो । नेता नेपालले ओलीले शुक्रवार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले बैठकमा सहभागी हुन निम्तो दिएका थिए तर नेपाल बैठकमा सहभागी भएनन् ।

    अध्यक्ष ओलीले असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी असार १८ गते केन्द्रीय कमिटी बैठक राखेका थिए । बैठकबाट अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले २३ सांसदहरूले हस्ताक्षर फिर्ता लिन सोमवार साँझसम्मको चेतावनीयुक्त समयसीमा तोकेका छन् ।

    पार्टीका शीर्ष दुबै नेता आ–आफ्नै अडानमा कायमै रहेका बेला दोस्रो तहका नेताहरू सक्रिय भएका छन् । एमालेका दोस्रो तहका नेताहरूबीच ललितपुरको समिट होटलमा छलफल भइरहेको छ ।

    होटलमा नेताहरूबीच संवाद भएपछि उपमहासचिव घनश्याम भुसाल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । भुसालले माधव नेपाल निवास पुगेर ओली र नेपालबीच टेलिफोन संवाद गराएका छन् ।

    ओली र नेपालबीच टेलिफोन कुराकानी गराएपछि भुसाल समिट होटल फर्किएका छन् । विभाजन हुनै लागेको एमालेलाई मिलाउन कोसिस भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend