काठमाडौं – भर्खरै निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुलको भाँसिएको छ ।
सिरहाको बसपिट्टा घाटस्थित लुम्बिनी बिल्डर्स जेभीलाई जिम्मा दिएर निर्माण गरेको उक्त पुलमा रहेको १९ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भाँसिएको छ ।
विगत दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण कमला नदीमा यस वर्ष गतवर्षको तुलनामा करिव १ मिटर बढी पानिको सतह बढेको छ । सञ्चालन नुहँदै पुलको पिलर भासिएको छ ।पानिको सतह बढ्दा पुल भाँसिएको विज्ञहरुको भनाई छ ।
४ सय ७० मिटर लामो पुल निर्माणको जिम्मा पप्पु-लुम्बिनी जेभीलाई गत २०६८ सालमा दिइएको थियो ।पुल निर्माणको पूरा जिम्मा लुम्बिनी बिल्डर्सलाई दिइएको थियो ।
११ मिटर चौडाई रहेको कमला पुल १२ एस्पानको छ । नदीको दुबैतीर तटबन्ध बनाएर बहाब पुलभित्र छिराएको छ ।
कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।