काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका बेला सरकारले जनतालाई खोप दिन नसकेकोमा आक्रोशित हुँदै नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रहार गरेका छन् ।
नेता खतिवडाले सामाजिक सञ्जालमा ओलीलाई लक्षित गरेर लेखेका छन्, ‘राष्ट्रपतिलाई हुलाकी बनाउँदा समेत खोप ल्याउन नसक्ने सरकारको पाइलट तपाईं !’
शुक्रबार एक कार्यक्रममा ओलीले खोप ल्याउन नसक्नुको दोष विपक्षी दललाई दिएपछि नेता खतिवडाले जवाफी टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘हामी भन्छौं अहिले, आजै तुरुन्तै खोपको व्यवस्था गरियोस् । प्रधानमन्त्रीज्यू ..., ६ महिना अगाडि ३ महिनाभित्र सबै नेपालीलाई खोप दिन्छु भन्दै हिँड्ने तपाईं ! राष्ट्रपतिलाई हुलाकी बनाउँदा समेत खोप ल्याउन नसक्ने सरकारको पाइलट तपाईं !! कति सजिलो विपक्षहरूले भनेको हामी सत्तामा नआएसम्म नेपाललाई खोप नदिनु रे ? प्रधानमन्त्रीज्यूको आज निन्द्रा वाणी आयो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।