आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले गर्‍यो संसदमा हंगामा

एमालेले गर्‍यो संसदमा हंगामा

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 5.7K
    SHARES

  • एमालेले गर्‍यो संसदमा हंगामा

    काठमाडौं – विवाद चर्किएको नेकपा एमाले केन्द्रीय कमिटीमा सहमतिको प्रयास भइरहेका बेला कर्णाली प्रदेशसभा संसदको आठौं अधिवेशनको चौधौं आन्तरिक विवादलाई लिएर एमालेले हंगामा मच्चाएको छ ।

    एमालेभित्र विद्रोह गरी सरकारमा सहभागी मन्त्रीका विषयमा नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

    कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीलाई हटाउन माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

    विगत लामो समयदेखि एमालेले ‘फ्लोर क्रस’ गरेर मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।

    असार १ गते कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सहितको बजेट संसद्मा पेश भएपनि एमालेका कारण बजेटमाथि छलफल हुन सकेको छैन ।

    आज शुक्रवारको संसद बैठक सुरू हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । बैठकमा बोल्दै एमालेका सांसद दानसिंह परियारले सरकारमा सामेल भएका एमालेका मन्त्रीहरुले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

    सांसद परियारले भने, ‘उहाँ एमाले भएको जिकिर गर्नुहुन्छ । अदालतमा आफैं जानुहुन्छ । एमाले सरकारमा सामेल भएको छैन ।’

    सभामुख राजबहादुर शाहीले लामो समयदेखि छलफल रोकिएको भन्दै बजेटमाथि छलफल गर्न आग्रह गरेका थिए । एमालेका सांसदहरुलाई आफ्नो आसनमा बस्न आग्रह गर्दा पनि नमानेपछि सभामुख शाहीले अर्को बैठक २४ असार दिउँसो २ बजेका लागि बोलाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend