आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले बैठकमा ओली कडा रूपमा प्रस्तुत, २३ पूर्व सांसदलाई यस्तो निर्देशन

एमाले बैठकमा ओली कडा रूपमा प्रस्तुत, २३ पूर्व सांसदलाई यस्तो निर्देशन

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 5.8K
    SHARES

  • एमाले बैठकमा ओली कडा रूपमा प्रस्तुत, २३ पूर्व सांसदलाई यस्तो निर्देशन

    काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कडा रूपमा प्रस्तुत भएका छन् ।

    अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर २ दिनभित्र फिर्ता गर्न माधवकुमार नेपाल पक्षका पूर्व सांसदलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ताका लागि अल्टिमेटम दिएको छ ।

    महासचिव ईश्वर पोखरेलले ओलीको प्रस्तावमा समर्थन जनाउन बैठकमा आग्रह गरेका थिए । त्यसपछि बैठकमा निर्णय भएको थियो ।

    सभापति देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी र सरकारविरुद्ध विरोधीहरुले स्याल हुइयाँ मच्चाएको आरोप लगाए ।

    ओलीले राम्रो काम गर्दागर्दै पनि पार्टी फुटाउन खोजिएका आरोप समेत लगाएका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भनेर अराजनीतिक क्रियाकलाप सुरु भएको बताएका छन् । 

    ‘पार्टी र सरकारविरुद्ध स्याल हुइयाँ मच्चाइरहेका छन् तर स्याल हुइयाँ टिक्नेवाला छैन । फेरि पनि नेपालको राजनीति एमालेकै केन्द्रविन्दु वरिपरि रहेर अघि बढ्छ,’ उनले बैठकमा भने । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend