आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेव गौतम बालुवाटार पुगेर केपी ओलीतिर ढल्किए , एमालेमा खेल उल्टिँदै उथलपुथल

बामदेव गौतम बालुवाटार पुगेर केपी ओलीतिर ढल्किए , एमालेमा खेल उल्टिँदै उथलपुथल

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 5.1K
    SHARES

  • बामदेव गौतम बालुवाटार पुगेर केपी ओलीतिर ढल्किए , एमालेमा खेल उल्टिँदै उथलपुथल

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेभित्र लामो समयदेखि तटस्थ बसेका उपाध्यक्ष बामदेव गौतम अन्ततः पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् ।

    गौतम पुत्र तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै बैठकमा सहभागी हुन बालुवाटार गएका जनाएका छन् ।

    २०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक रहेको यसअघि एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिएका थिए । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठकमा सहभागी नहुने जनाएको छ ।

    यसै सन्दर्भमा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई फोन गरेर आज शुक्रबार बालुवाटारमा हुने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बिन्ती गरेका छन् । यसअघि बिहीबार साँझ समेत दुबै नेताबीच टेलिफोन संवाद भएको थियो ।

    ओली र नेपालबीच शुक्रबार बिहान फोनमा कुराकानी भएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । नेताहरूबीच आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकअघि भेटवार्ताको तयारी समेत गरिएको छ । 

    फोन कुराकानीमा अध्यक्ष ओलीले बैठकमा आउन नेता नेपाललाई आग्रह गरेका छन् । ओलीले आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न नेता नेपाललाई बिन्ती गरेका छन् ।

    कार्यालय सचिव तामाङले भने, ‘अध्यक्षज्यूले एकताका लागि हदैसम्मको लचकता अपनाउने क्रममा फोन गरेर बोलाउनुभयो । उहाँहरुबीच भेटवार्ता हुने सम्भावना पनि छ ।’

    एमालेको केन्द्रीय कमिटी बैठक आज शुक्रबार बालुवाटारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ तर नेता नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय बिहीबारै गरिसकेको छ । 

    गत बुधवार भएको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटी भंग गर्दै आज शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend