आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली र माधव नेपालबीच फोन वार्ता, के भयो कुराकानी ?

केपी ओली र माधव नेपालबीच फोन वार्ता, के भयो कुराकानी ?

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 5.2K
    SHARES

  • केपी ओली र माधव नेपालबीच फोन वार्ता, के भयो कुराकानी ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच फोन वार्ता भएको छ ।

    ओलीले आज शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा हिजो बिहीबार साँझ ओली र नेपालबीच फोन वार्ता भएको हो ।

    पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ओलीले शुक्रबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । तर नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

    बैठकमा सहभागिता र पार्टी एकता लगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको र शुक्रबार पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको स्रोतले जनाएको छ ।

    पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको पुष्टि गरे । पार्टी एकताका लागि ओलीले प्रयास जारी राखेको उनले बताए ।

    पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने भएकाले बालुवाटारको खुल्ला चौरमा टेन्टमा बिहान ११ बजेदेखि बैठक गरिने जानकारी उनले दिए ।

    तर नेपाल पक्षका नेता भीम आचार्यले आजको बैठक स्थगित गरेर सहमतिको प्रयास गर्नुपर्ने बताएका छन् । उनले भने, ‘बैठक स्थगित गरियो भने पार्टी एकताका लागि राम्रो सन्देश जान्छ । हामीले बैठक सार्न भनेका छौं, यदि बैठक सरेन र बस्यो भने त त्यो गुटको बैठक हुन्छ र त्यो बैठकको के अर्थ छ र ?’

    आज शुक्रबार अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुनसक्ने एमाले नेताहरू बताउँछन् । सम्भवतः आज फेरि टेलिफोनमा कुराकानी र भेट नै गर्ने तयारी रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend