सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसप्रति आकर्षण बढ्यो, केन्द्रीय सदस्यसहित ५७८ नेता–कार्यकर्ता प्रवेश

कांग्रेसप्रति आकर्षण बढ्यो, केन्द्रीय सदस्यसहित ५७८ नेता–कार्यकर्ता प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 6.0K
    SHARES

  • कांग्रेसप्रति आकर्षण बढ्यो, केन्द्रीय सदस्यसहित ५७८ नेता–कार्यकर्ता प्रवेश

    काठमाडौं – विपक्षी दलहरू नेपाली कांग्रेसमा गोलबन्द भइरहेका बेला जनस्तरमा समेत आकर्षण बढेको छ ।

    कांग्रेस पार्टीलाई रुचाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य श्याम लामासहित धादिङका ५७८ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

    बिहीवार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा राप्रपा परित्याग गरी लामा सहितका नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

    कांग्रेस प्रवेश गर्नेहरुमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङको १ नम्बर निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंशी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका विनोद लामा, समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार मनिता तामाङ, पिडागाउँ समिति अध्यक्ष विजय भण्डारी, क्षेत्रीय सदस्य प्रबिण तामाङ, क्षेत्रीय सदस्य धर्म खतिवडासहित धादिङका ५७८ जना नेता तथा कार्यकर्ता छन् । 

    देउवा निवास बुढानिलकण्ठ पुगेर ४१ जना कांग्रेस प्रवेश गरेपनि अन्य नेता तथा कार्यकर्तालाई धादिङमा नै कार्यक्रमसहित औपचारिक रूपमा पार्टी प्रवेश गर्ने रुपाखेतीले जानकारी दिए ।

    पार्टी प्रवेश कार्यक्रममा कांग्रेस सहमहामन्त्रीद्वय प्रकाशशरण महत र सुनिल थापा समेत उपस्थित रहेका थिए ।

    नवप्रवेशीलाई सभापति देउवा, सहमहान्त्री महत र थापाले स्वागत गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend