आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई अर्काे झड्का, पार्टीभित्रै बहिष्कार !

केपी ओलीलाई अर्काे झड्का, पार्टीभित्रै बहिष्कार !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १८ २०७८

  • 8.4K
    SHARES

  • केपी ओलीलाई अर्काे झड्का, पार्टीभित्रै बहिष्कार !
    फाइल तस्वीर

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज शुक्रवार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ ।

    बिहीवार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो ।

    एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने जानकारी दिए ।

    बुधवार बसेको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचार समेत गरेको छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी विघटन गरी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

    ‘१० औं महाधिवेशन आयोजक कमिटी नै अवैधानिक रहेकाले अवैधानिक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष हो,’ पन्तले भने ।

    पार्टी अध्यक्ष ओलीले एमालेलाई माओवादी केन्द्र र एमाले एकताअघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाइएको भए पनि पूर्व माओवादीका नेताहरुलाई समेटेर केन्द्रीय कमिटी बनाएका छन् । २६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको छ । अध्यक्ष ओली २०७५ जेठ २ गतेमा नफर्किएर आफ्नो पुरानो निर्णय २०७७ फागुन २८ गतेमा फर्किएको आरोप नेपाल पक्षको रहेको छ ।

    एमाले नेता युवराज ज्ञवालीले महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटीको बैठक अवैधानिक रहेकाले आफूहरु सहभागी नहुने बताएका छन् । अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठक सर्वसम्मत रूपमा बहिष्कार गर्ने निर्णय भएको बताउँदै उनले यसबीचमा वार्ताको प्रयास जारी नै राख्ने बताएका छन् । 

    उनले सहमतिका लागि औपचारिक रुपमा वार्ता समिति गठन गरेर पार्टी भित्रको समस्या समाधानका लागि प्याकेजमै सहमति गर्नुपर्ने निष्कर्ष बैठकको रहेको बताएका छन् ।

    ओली पक्षले केन्द्रीय कमिटीको बैठक बोलाउने र खनाल–नेपाल पक्षले बैठक बहिष्कार गर्ने गरी अगाडि बढे पनि दुबै पक्षका दोस्रो तहका नेता विवाद मिलाउन आन्तरिक गृहकार्यमा जुटेका छन् । सहमति साथ अगाडि बढ्ने विषयमा छलफल गर्दै उनीहरुले विवाद समाधान गर्न केन्द्रित भएको एमाले स्रोतको दाबी छ ।

    २०७५ जेठ २ गतेमा नफर्की महाधिवेशन आयोजक कमिटीलाई नै केन्द्रीय कमिटीका रुपमा रुपान्तरण गरिएकाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष बामदेव गौतम समेत सहभागी नहुने उनी निकट एक नेताले बताएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend