काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षले ‘बोल्ड’ निर्णय गरेको छ ।
नेपाल पक्षले भोलि शुक्रवार बालुवाटारमा बोलाइएको पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटी भंग गरी साविकको केन्द्रीय कमिटीमै फर्किने निर्णय गरेपछि पनि नेपाल पक्ष बैठकमा नआउने भएपछि पार्टी एकता प्रयास असफल भएको चर्चा सुरु भएको छ ।
नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्नुअघि २०७५ जेठ २ गतेमा कायम केन्द्रीय कमिटीको बैठक भोलि शुक्रवार बोलाइएको छ । नेपाल पक्षले अहिलेकै अवस्थामा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा जान नसकिने निर्णय गरेको छ ।
आज बिहीवार बानेश्वरमा बसेको नेपाल पक्षको बैठकले भोलिको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
एमालेभित्र सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतले एकता प्रयास गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।