आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भोलिको एमाले बैठकमा माधव नेपाल र झलनाथ खनाललाई निमन्त्रणा पत्र, ओली गले !

भोलिको एमाले बैठकमा माधव नेपाल र झलनाथ खनाललाई निमन्त्रणा पत्र, ओली गले !

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 7.0K
    SHARES

  • भोलिको एमाले बैठकमा माधव नेपाल र झलनाथ खनाललाई निमन्त्रणा पत्र, ओली गले !
    फाइल तस्वीर

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको भोलि शुक्रबार बिहान ११ बजे हुने बैठकमा सहभागी हुन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाललाई निमन्त्रणा पत्र पठाइएको छ ।

    भोलि बिहान एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेको थियो ।

    अध्यक्ष केपी शर्मा ओलीले यसअघिका केही बाहेक अधिकांश बैठकमा माधव नेपाल पक्षका नेतालाई खबर गरेका थिएनन् ।

    भोलि शुक्रवारको बैठकबारे सबैलाई पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । ‘सबैलाई इमेल गरेर बैठकमा आउन पत्र पठाएको छु । टेलिफोनबाट पनि जानकारी गराउँछु,’ उनले भने ।

    आयोजक कमिटी भंग भएसँगै नेता खनाल र नेपालसहित ११ जनालाई गरिएको कारबाही स्वतः निष्प्रभावी भएको अध्यक्ष ओलीले जनाएका छन् । भोलिको बैठकमा सहभागी हुने/नहुनेबारे छलफल गर्न नेपाल पक्षको बैठक बसिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend