काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो भेटवार्ता गरेका छन् ।
बिहीवार दिउँसो ओली र भण्डारीबीच शीतलनिवासमा झण्डै २ घण्टा छलफल भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली दिउँसो १२ः४० बजे शीतलनिवास गएर झण्डै २ घण्टापछि बाहिरिएका थिए ।
राष्ट्रपति भण्डारीले अनपेक्षित रूपमा राष्ट्रिय सभामा सम्बोधनको इच्छा व्यक्त गरेको चर्चा छ । राष्ट्रिय सभाको आठौं अधिवेशन आज बिहीवार दिउँसो ४ बजेदेखि सुरू हुँदैछ ।
राष्ट्रिय सभाको अधिवेशनको सुरूतिर राष्ट्रपति भण्डारीले सम्बोधनको इच्छा व्यक्त गरेको जनाइएको छ ।
आगामी आईतवार वा सोमवार राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने जानकारी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा गराएका छन् ।
राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बिहीवारको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न चाहेको जनाएका छन् ।
सदनको संयुक्त अधिवेशन आह्वान गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबाहेक अरु बेला राष्ट्रपतिले संसदमा यसरी उपस्थित हुने परम्परा नरहेको भन्दै संसद सचिवालयमा चर्चा चलेको छ ।
संविधानको धारा ९५(१) मा चाहेको अवस्थामा राष्ट्रपतिले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्नसक्ने व्यवस्था रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।