आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधवलाई प्रचण्डसँगै छाडेर ओलीतिर आउलान् घनश्याम, गोकर्ण, योगेशहरू ? मध्यराति के भयो ?

माधवलाई प्रचण्डसँगै छाडेर ओलीतिर आउलान् घनश्याम, गोकर्ण, योगेशहरू ? मध्यराति के भयो ?

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 12.8K
    SHARES

  • माधवलाई प्रचण्डसँगै छाडेर ओलीतिर आउलान् घनश्याम, गोकर्ण, योगेशहरू ? मध्यराति के भयो ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा चर्किएको विवाद समाधान भइसकेको छैन । तर विवाद समाधानका लागि भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने निर्णय गराइसकेका छन् ।

    असन्तुष्ट माधवकुमार नेपाल पक्षको सहमति विना बनेको महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ भने नेपालसहित ११ नेतामाथि गरिएको कारवाही फिर्ता भएको छ । ओलीले यति गर्दा समेत माधव नेपाल एमालेमै फर्किने स्पष्ट भइसकेको छैन ।

    असन्तुष्ट समूहको नेतृत्व गरिरहेका नेता नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग धेरै नजिक भइसकेका छन् । प्रचण्डकै योजनामा नेता नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्तावित प्रधानमन्त्रीमा समर्थन गरेका छन् । अब माधव नेपालले देउवालाई धोका नदिने र निष्ठाको राजनीति गर्ने वाचा गर्दै आएका छन् ।

    प्रधानमन्त्री ओली समेत नेता नेपाल एमालेमा नफर्किनेमा ढुक्क छन् । तर ओलीले नेपाल पक्षका अरु नेताहरूलाई एमालेमा फर्काउने कोसिस गरिरहेका छन् ।

    नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलाई एमालेमा फर्काउन सकेमा ठूलो सफलता हुने ओली पक्षका नेताहरूको बुझाइ रहेको छ । त्यसैका लागि लामो समयदेखि प्रयास जारी छ । तर नेता नेपाललाई प्रचण्डतिरै छाडेर सुरेन्द्र, घनश्याम, गोकर्ण र योगेशहरू एमालेमा फर्किएलान् ? सबैतिर चासो छ ।

    एमालेको दोस्रो तहका नेताहरू एमालेको एकता कायमै राख्न छलफलमा जुटेका छन् । ललितपुरको होटलमा बिहीवार बिहान ८ बजेदेखि अध्यक्ष ओली र नेपाल पक्षका नेताहरुबीच छलफल भइरहेको स्रोतले जनाएको छ ।

    पार्टी एकताका लागि भइरहेको छलफलमा ओली पक्षबाट सुवासचन्द्र नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल सहभागी रहेका छन् भने खनाल–नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे रहेका छन् । नेताहरूबीच बुधवार मध्यरातिसम्म लामो छलफल भएपछि बिहीबार बिहानै फेरि छलफल सुरु भएको छ ।

    नेताहरूबीचको छलफल सकारात्मक भएपनि सहमतिको बिन्दुको खोजी भइरहेको छलफलमा सहभागी एक नेताले बताए । बुधबार मध्यरातिको छलफलमा नेपाल पक्षका मागबारे छलफल भएको जनाइएको छ । नेपाल पक्षका नेताहरूले सर्वाेच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त ओली पक्षले राखेपछि सहमति जुट्न सकेको छैन । नेपाल पक्षले भने हस्ताक्षरको विषय अदालतको फैसलासम्म यथास्थितिमै राख्नुपर्ने र अन्य विषय मिलाएर एकता कायम गर्नुपर्ने अडान राखेका छन् ।

    यसअघि बुधवार दिउँसो बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेको छ । बैठकले भोलि शुक्रवार एमाले केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यो बैठकमा नेपाल पक्षका नेताहरूलाई समेत सहभागी गराउने ओली पक्षको प्रयास रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend