काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता झलानाथ खनालको उपचार भारतको नयाँदिल्लीमा गराइरहेको खुलासा भएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले खनालको उपचार ओली नेतृत्वको सरकारले गराइरहेको जानकारी गराएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले खनालको स्वास्थ्य अवस्थामा सुधार भइरहेको समेत जनाएका छन् ।
थापाले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले स्वास्थ्यलाभ गरिरहनुभएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उहाँ उपचारको क्रममा रहनुभएको छ । दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज प्रस्ताव पारित गरेको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको उपचारको व्यवस्था सरकारले मिलाएको र आफूले जिम्मेवारी लिएको पनि जानकारी गराउनुभएको छ ।’
कोरोना भाइरस संक्रमण निको भएर घरमा आराम गरिरहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।