सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसलाई नै बदनाम गर्ने कर्तुत गरेपछि यी अध्यक्षका नाममा अदालतबाटै पक्राउ पूर्जी !

कांग्रेसलाई नै बदनाम गर्ने कर्तुत गरेपछि यी अध्यक्षका नाममा अदालतबाटै पक्राउ पूर्जी !

  • मिडिया डबली
  • बुधवार, आषाढ १६ २०७८

  • 5.6K
    SHARES

  • कांग्रेसलाई नै बदनाम गर्ने कर्तुत गरेपछि यी अध्यक्षका नाममा अदालतबाटै पक्राउ पूर्जी !
    फाइल तस्वीर

    काठमाडौं – जनतालाई सेवासुविधा दिने काम गरेर नेपाली कांग्रेस पार्टीलाई लोकप्रिय बनाउन छाडेर अनेक विवादमा फस्दै मुद्दामामिला खेपेर पार्टीलाई बदनाम गर्नतिर लागेका दाङ जिल्लाको राप्ती गाउँपालिकामा कांग्रेसबाट निर्वाचित अध्यक्ष नुमानन्द सुवेदीको नाममा पक्राउ पूर्जी जारी भएको छ ।

    जिल्ला अदालत दाङले सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संलग्न अध्यक्ष सुवेदीसहित २० जनाका नाममा पक्राउ पूर्जी जारी गरेको हो ।

    दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थामा मर्ज हुनुअघि रहेको महाप्रभू बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रुपैयाँ हिनामिनाको मुद्दामा अनुसन्धानका लागि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको अदालतका श्रेस्तेदार तथा सूचना अधिकारी धनसिंह गिरीले बताएका छन् ।

    गाउँपालिकाका अध्यक्ष रहेका सुवेदी साविक महाप्रभू बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा तथा सुपरीवेक्षण समितिको संयोजक समेत रहेका थिए ।

    अदालतले साबिक महाप्रभू बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष किरण भण्डारी, साविक अध्यक्ष रुकमांगत ज्ञवाली, पूर्व उपाध्यक्ष रामबहादुर कुँवर, साविक उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय पौडेल, पूर्व सचिव हिमानन्द पाण्डे, साबिक सचिव हरिप्रसाद भुसाल, पूर्व सहसचिव माधव शर्मा, साविक कोषाध्यक्ष रामकृष्ण पौडेल, पूर्व व्यवस्थापक गुरुप्रसाद सुवेदीका नाममा पक्राउ पूर्जी जारी गरेको छ ।

    साबिक महाप्रभू बचत तथा ऋण सहकारी संस्थाका सदस्य केशवराज आचार्य, कमला पौडेल, धर्मराज अधिकारी, शारदा भुसाल, कमला बेलबासेका नाममा समेत पक्राउ पूर्जी जारी भएको छ ।

    साबिक महाप्रभू साकोसका पूर्व लेखा तथा सुपरीवेक्षण समितिका संयोजक विष्णुबहादुर थापा, समितिका सदस्यद्वय तुलसीराम पोखरेल, युवराज भुसाल, लेखापरीक्षकद्वय गोविन्दप्रसाद भण्डारी र गंगाबहादुर केसीविरुद्ध समेत पक्राउ पूर्जी जारी भएको छ ।

    फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गर्न प्रहरीका नाममा आदेश जारी भएको छ । ३५ दिने पक्राउ पूर्जी जारी गरिएको, यसबीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टाँगिने भएको छ ।

    सहकारीको रकम हिनामिना गरेको आरोपमा ४ जना कर्मचारीलाई यसअघि नै जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

    सहकारीको रकम हिनामिना प्रकरणमा सहलेखापाल विक्रम राना प्रमुख दोषी देखिएको प्रहरीले जानकारी दिएको छ । तर सहकारी संस्था सञ्चालक समितिका पदाधिकारी, ऋण समिति, लेखा परीक्षकलाई समेत अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend