आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीको ‘बोल्ड’ निर्णयले माधव नेपाल पक्षमा खैलाबैला, कहाँ पुग्ला विवाद ?

केपी ओलीको ‘बोल्ड’ निर्णयले माधव नेपाल पक्षमा खैलाबैला, कहाँ पुग्ला विवाद ?

  • मिडिया डबली
  • बुधवार, आषाढ १६ २०७८

  • 5.2K
    SHARES

  • केपी ओलीको ‘बोल्ड’ निर्णयले माधव नेपाल पक्षमा खैलाबैला, कहाँ पुग्ला विवाद ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयले नेता माधवकुमार नेपाल पक्षमा खैलाबैला मच्चिएको छ ।

    सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान र पार्टीलाई एकता पूर्वकै अवस्थामा फर्काएर ओलीले माधव नेपाल पक्षको माग सम्बोधन गर्दै महाधिवेशन आयोजक कमिटी भंग गरिदिएका छन् ।

    महाधिवेशन आयोजक कमिटी भंग भएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल सहितका ११ नेतामाथि यसअघि गरिएको कारवाही समेत स्वतः निष्क्रिय भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

    अब नेकपा एमालेको बैठक केन्द्रीय कमिटीका नाममा बैठक बस्ने भएको छ । महाधिवेशन आयोजक कमिटी बैठकका निर्णयलाई आगामी केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

    एमालेमा विवाद चर्किएका बेला प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको बैठकले ८ जनालाई नयाँ नियुक्ति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादी खेमाका ४ र एमाले तर्फका ४ जनालाई स्थायी कमिटी सदस्य पदमा नियुक्ति दिएको हो ।

    यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेकपा क्रियाशील रहेको समयमा स्थायी कमिटीमा रहेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटीमा नियुक्त भएका छन् ।

    पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई समेत स्थायी कमिटीमा समेटिएको बताएका छन् ।

    नेता नेपाल पक्षका भुसाल र पन्तलाई स्थायी कमिटी सदस्य मनोनित गरिएपछि नेपाल पक्षमा खैलाबैला मच्चिएको छ । नेपाल पक्ष ओलीबाट टाढा पुगिसकेको बेला कतिपय नेताहरू पुनः एमालेमै फर्किने चर्चा चलेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend