काठमाडौं – सत्तारुढ दल नेकपा एमालेमा विवाद चर्किएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ८ जनालाई नयाँ नियुक्ति दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्व माओवादी खेमाका ४ र एमाले तर्फका ४ जनालाई स्थायी कमिटी सदस्य पदमा नियुक्ति दिएको हो ।
यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेकपा क्रियाशील रहेको समयमा स्थायी कमिटीमा रहेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटीमा नियुक्त भएका छन् ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई समेत स्थायी कमिटीमा समेटिएको बताएका छन् ।
नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी ब्यूँताएको छ । केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।