आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्रीबाट हटेपछि माधव नेपालतिर ढल्किँदै पृथ्वीसुब्बा गुरुङ !

मुख्यमन्त्रीबाट हटेपछि माधव नेपालतिर ढल्किँदै पृथ्वीसुब्बा गुरुङ !

  • मिडिया डबली
  • बुधवार, आषाढ १६ २०७८

  • 6.0K
    SHARES

  • मुख्यमन्त्रीबाट हटेपछि माधव नेपालतिर ढल्किँदै पृथ्वीसुब्बा गुरुङ !

    काठमाडौं – नेकपा एमालेभित्र अन्तर्संघर्ष चर्किरहेका बेला हालै गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङ असन्तुष्ट नेता माधवकुमार नेपालतिर ढल्किँदै गएका छन् ।

    मुख्यमन्त्री रहँदासम्म अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता रहेका गुरुङ पदबाट हटेपछि नेपालतिर ढल्किएका हुन् ।

    मुख्यमन्त्रीबाट हटेपछि काठमाडौंमा आएर गुरुङले ओलीकै सामुन्ने एमाले बैठकमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए । जुन प्रस्तावलाई ओलीले ठाडै अस्वीकार गरिदिए । बरु उल्टै सार्वजनिक रूपमै नेपाललाई प्रधानमन्त्री बनाउन आफूलाई बहुलाहा कुकुरले नकाटेको अभिव्यक्ति दिएका छन् ।

    पार्टीभित्र यस्तै विवाद चलिरहेको बेला मंगलबार नेता नेपाल र नेता गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार अपराह्न बालुवाटारमा अध्यक्ष ओली पक्षीय नेताहरू मात्र रहेको स्थायी कमिटी बैठक बस्नुअघि गुरुङ नेता नेपालको निवास कोटेश्वर पुगेका थिए ।

    कोटेश्वरमा दुवै नेताबीच झण्डै ४ घण्टा कुराकानी भएको जनाइएको छ ।

    नेपाल निकट स्रोतले भन्यो, ‘पार्टीलाई कसरी एकतावद्ध बनाउने भन्ने विषयमा विचार आदानप्रदान भयो ।’

    गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री गुरुङले हालै मात्र नेता नेपाललाई अर्को अध्यक्ष वा प्रधानमन्त्री बनाएर भए पनि पार्टी एकता जोगाउनुपर्ने धारणा राखेपछि उनी चर्चामा आएका हुन् ।

    बालुवाटारमा मंगलबार बसेको बसेको स्थायी कमिटी बैठकले जेठ २ गतेमा फर्किने निर्णय गरेको छ । आज बुधवार बिहान बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताका लागि थप निर्णय गर्ने स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend