आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री ओलीलाई रेबिजको भ्याक्सिन दिनुपर्ने एमाले सांसद चौधरीको माग 

प्रधानमन्त्री ओलीलाई रेबिजको भ्याक्सिन दिनुपर्ने एमाले सांसद चौधरीको माग 

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 11.2K
    SHARES

  • प्रधानमन्त्री ओलीलाई रेबिजको भ्याक्सिन दिनुपर्ने एमाले सांसद चौधरीको माग 

    काठमाडौं - एमाले नेता मेटमणि चौधरीले प्रधानमन्त्री केपी ओलीलाई रेबिजबिरुद्धको भ्याक्सिन दिनुपर्ने टिप्पणी गरेका छन् । 

    प्रधानमन्त्री ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपालप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै चौधरीले मंगलबार यस्तो टिप्पणी गरेका हुन् । 

    उनले सामाजिक सञ्जालमार्फत नेता नेपाललाई अपमान हुने शब्द प्रयोग गर्नु आपत्तिजनक भएको उल्लेख गरेका छन् । ।

    चौधरीले  लेखेका छन्– ‘माधव नेपाल जस्तो वरिष्ठ नेतालाई ओलीले जुन अभिव्यक्ति दिएका छन्, पुच्छरको अभिव्यक्ति, कुकुर जस्तै अभिव्यक्ति, पशुको जस्तै अभिव्यक्ति दिएका छन् । त्यसको जवाफमा मैले त्यसो भनेको हुँ ।’

    चौधरीले प्रधानमन्त्री जस्तो मान्छेले जे मन लाग्छ त्यही बोल्न नपाइने उल्लेख गरेका छन् । ‘अलि सोचेर बोल्नुपर्‍यो, अलि गम्भीर भएर बोल्नुपर्‍यो । देश चलाउने मान्छे कसैलाई बाँकी नराख्ने, कुकुरलाई पनि रेबिज लाग्यो भने सबैलाई टोक्दै हिँड्छ नि, ओलीलाई पनि अहिले रेबिज लागेजस्तै अदालतलाई गाली गर्छन्, आफ्नै नेतालाई गाली गर्छन्,’ उनले लेखेका छन् ।

    विपक्षी दललाई गाली गर्छन् । जनतालाई गाली गर्छन्, सबैलाई गाली गरिरहेका छन् । त्यसैले रेबिजको लक्षण हो भन्ने लाग्यो मलाई । त्यसैले मैले लेखेको हुँ ।’

    ​प्रधानमन्त्री केपी ओलीले नेता नेपाललाई आफूले प्रधानमन्त्री को प्रस्ताव गरेको हल्ला फैलाएको भन्दै आफूलाई बहुला कुकुरले नटोकेको अभिव्यक्ति दिएका थिए । साथै नेता नेपाल प्रचण्डको पुच्छर भएको पनि उनको आरोप थियो । 

    एमाले दाङ १ का निवर्तमान सांसद चौधरीले यसअघि काँग्रेस प्रदेशसभा सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीबिरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्तिको समेत समर्थन गरेका थिए । उनी एमालेमा माधव नेपाल पक्षधर नेता हुन् ।

    201645582_899704967251543_8764107530245927648_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend