आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटार आउन माधव नेपाललाई केपी ओलीको निम्तो ! एमालेमा सहमति होला ?

बालुवाटार आउन माधव नेपाललाई केपी ओलीको निम्तो ! एमालेमा सहमति होला ?

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 5.2K
    SHARES

  • बालुवाटार आउन माधव नेपाललाई केपी ओलीको निम्तो ! एमालेमा सहमति होला ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पार्टी बैठकमा सहभागी हुन नेता माधवकुमार नेपाललाई निम्तो पठाइएको छ ।

    पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने तयारी भइरहेका बेला बालुवाटारमा भोलि बुधबार बोलाइएको बैठकको निम्तो सबैलाई पठाइएको छ ।

    बालुवाटार बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यलाई समेत बैठकमा बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए । तामाङले भने, ‘तत्कालीन एमालेका सबै केन्द्रीय सदस्यहरूलाई बैठकको सूचना गरिएको छ ।’

    भोलि हुने एमालेको बैठकबाट २०७५ जेठ २ गतेकै संरचनामा फर्काउने तयारी गरिएको छ । वरिष्ठ नेता नेपाल पक्षले पार्टीको संरचना पूर्ववत् अवस्थामा फर्काउन माग गर्दै आएको छ ।

    सर्वोच्च अदालतले अन्तरिम आदेशबाट महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी सरह मान्न नसकिने ठहर गरेको छ । अदालतले कारवाहीका निर्णय उल्ट्याएपछि अध्यक्ष ओली पक्षीय केन्द्रीय कमिटी नै ब्यूँताउन तयार भएका छन् ।

    भोलि बुधवारको बैठकका एजेण्डा तय गर्न आज मंगलबार साँझ ५ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ ।

    अध्यक्ष ओली जेठ २ गतेमै फर्किन तयार भएपछि एमालेमा सहमतिको सम्भावना देखिएको दोस्रो तहका नेताहरूले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend