आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बिहानै विज्ञप्ति नै निकालेर ओली सरकारविरुद्ध खनिए बामदेव गौतम !

बिहानै विज्ञप्ति नै निकालेर ओली सरकारविरुद्ध खनिए बामदेव गौतम !

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 9.1K
    SHARES

  • बिहानै विज्ञप्ति नै निकालेर ओली सरकारविरुद्ध खनिए बामदेव गौतम !

    काठमाडौं – सत्तारुढ दल नेकपा एमालेका नेता एवं अखिल नेपाल किसान महासंघका अध्यक्ष बामदेव गौतमले मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरोध गरेका छन् ।

    नेता गौतमले ओली सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको गम्भीर आरोप लगाएका छन् ।

    धान दिवसको अवसरमा प्रेस विज्ञप्तिमार्फत् शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भएको दाबी गरे ।

    सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारविहीन बनाउन लागेको आरोप लगाएका छन् ।

    ‘हामीले पहिल्यैदेखि भन्दै आएका हौं, नेपालको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्न दिइनु हुँदैन । यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ्ग हुन्छन्,’ गौतमले विज्ञप्तिमा भनेका छन् ।

    नेता गौतमले आफूहरुले धेरै वर्षअघिदेखि भूमि बैंकको विरोध गर्दै आएको बताएका छन् । ‘भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरुले अगाडि सारेका एजेण्डा हुन् । इन्डोनेसिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

    गौतमले निश्चित व्यापारिक घरानालाई पोस्ने गरी करार खेती भित्र्याउन सरकार दत्तचित्त भएर लागेको आरोप लगाउँदै नेपालको संविधान २०७२ मा उल्लेखित खास सम्प्रभूताको विरुद्ध रहेको समेत बताएका छन् । ‘करार खेती भनेको एक किसिमको कर्पोरेट मोडकलको कृषि कार्य हो, जहाँ व्यापारिक कम्पनी हाबी हुन्छन् र कृषक समुदाय पूर्णतः विस्थापित हुन्छन् । भारतदेखि युरोपेली मुलुकका किसानहरु यस्तो खेती प्रणालीबाट प्रताणित छन् । कतिपय मुलुकमा किसान यस्तो खेती प्रणालीविरुद्ध छन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend