सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

बुवा गिरिजाप्रसादका सहयात्रीसँग छोरी सुजाताको वार्ता पछाडि लुकेको यस्तो रहस्य !

बुवा गिरिजाप्रसादका सहयात्रीसँग छोरी सुजाताको वार्ता पछाडि लुकेको यस्तो रहस्य !

  • मिडिया डबली
  • मंगलवार, आषाढ १५ २०७८

  • 6.0K
    SHARES

  • बुवा गिरिजाप्रसादका सहयात्रीसँग छोरी सुजाताको वार्ता पछाडि लुकेको यस्तो रहस्य !

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताहरूले भेटघाटलाई तीब्रता दिएका छन् ।

    गत असार ४ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढेको छ ।

    कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गएका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि ३ जना आकांक्षी देखिएका छन् ।

    सभापति शेरबहादुर देउवासहित उपसभापति बिमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका लागि दाबी गरिरहेका छन् ।

    संस्थापनइतर अर्थात् पुरानो संस्थापन मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहबाट पनि आधा दर्जन बढी आकांक्षी देखिएका छन् । वर्तमान संस्थापन पक्षबाट आकांक्षी धेरै भएपछि कांग्रेस नेत्री सुजाता कोइरालाले पुरानो संस्थापन समूहलाई मिलाउने प्रयास गरिरहेकी छन् ।

    कोइरालाले सोमवार कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौलालाई आफ्नो निवास मन्डिखाटारमा बोलाएर कांग्रेसको पुरानो संस्थापन पक्षलाई मिलाउने प्रयास गरेकी छन् ।

    ‘पार्टीभित्र नेतृत्व गर्न आकांक्षी धेरै हुनुहुन्छ, रामचन्द्रजी र सिटौलाजी पहिलेबाट नै पार्टीका लागि धेरै दुःख गरेर आउनुभयो, मैले सबै मिलेरै अघि बढौं भनेर उहाँहरुलाई भनेकी छु,’ नेत्री कोइरालाले भनिन् ।

    कोइरालाले पिता गिरिजाप्रसाद कोइरालाका सहयात्रीका रुपमा काम गरेका नेता पौडेल र सिटौलालाई बोलाएर खाजा सहितको छलफल गरेकी छन् । सिटौलाले शान्ति प्रक्रियाका लागि गरेको प्रयासले कांग्रेसलाई सफल बनाएको भन्दै नेत्री कोइरालाले सिटौलासहित समेटेर आफूले नयाँ समीकरण मिलाउन खाजेको बताएकी छन् ।

    ‘सिटौलाजी रामचन्द्रजी दुबै जना क्यान्डेट हो, म पनि हो, हामी सबै मिल्यौं भने राम्रो सन्देश जान्छ, त्यसैले मिल्नैपर्छ,’ नेत्री कोइरालाले भनिन् ।

    नेत्री कोइरालाले यसअघि समेत कोइराला परिवारभित्रकै २ नेता डा. शशांक कोइराला र डा. शेखर कोइरालालाई निवासमै बोलाएर लन्च सहितको मिटिङ गरेकी थिइन् ।

    कांग्रेसको १४औं महाधिवेशन आगामी १६–१९ भदौसम्म काठमाडौंमा हुने तय भएको छ । महाधिवेशन तय भएसँगै नेताबीचको भेटघाट र छलफलले तीब्रता पाएको छ ।

    सोमवार नै कांग्रेस नेता डा. शेखर कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहोराटारस्थित पौडेल निवास पुगेका छन् । पार्टी नेतृत्वका लागि आकांक्षा देखाउँदै आइरहेका कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन पौडेललाई आग्रह गरेका छन् ।

    तर नेता पौडेलले भने आफूलाई पनि एकपटक पार्टी सभापति बन्ने चाहना रहेको भन्दै यसपटक आफूलाई सघाएर अर्को पटकका लागि मैदानमा उत्रने गरी वातावरण बनाउन आग्रह गरेका छन् ।

    ‘शेखर डाक्टर सा’पले सभापतिमा सघाउनुस् भनेर भन्नुभयो, वरिष्ठ नेताले पनि मलाई एकपटक सघाउनुस् भनेर आग्रह गर्नुभयो, धेरै कुरा क्रियाशील सदस्यतामा केन्द्रित भयो,’ बोहोराटार स्रोतले भन्यो ।

    नेता पौडेल र कोइरालाबीचको अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नवप्रवेशीलाई क्रियाशील सदस्यता दिने नाममा मनपरी भएको भन्दै निगरानी बढाइनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

    यसअघि गत शुक्रवार पौडेल समूहले बसुन्धरास्थित दियालो फूडल्यान्डमा गरेको आफू निकट नेताको छलफलमा समेत क्रियाशील सदस्यताको विषयमा गम्भीर हुनुपर्ने विषय उठेको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend