काठमाडौं - प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपालप्रति कडा प्रहार गरेका छन् । ओलीले माधव नेपाल प्रचण्डको पुच्छर भएको आरोप लगाउँदै उनलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको दाबी गरेका छन् ।
सोमबार बालुवाटारमा मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका हुन् ।
मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले भने, ‘मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ रे । मलाई बहुला कुकुरले टोकेको छ र ? कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ?’
ओलीले माधवकुमार नेपाललाई शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता भएको टिप्पणी गरे । उनले प्रचण्डले छिनछिनमा रङ फेरेर छेपारोलाई पनि फेल गराएको आरोप लगाए ।
हालै आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा नेता नेपालले आफूलाई बालुवाटारबाट प्रधानमन्त्रीको अफर आएको दाबी गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।