आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा–प्रचण्डसँग घाँटी जोडेर माधव नेपाल हुरुक्क हुनुको यस्तो रहस्य ! के हुँदैछ फाइदा ?

देउवा–प्रचण्डसँग घाँटी जोडेर माधव नेपाल हुरुक्क हुनुको यस्तो रहस्य ! के हुँदैछ फाइदा ?

  • मिडिया डबली
  • आइतवार, आषाढ १३ २०७८

  • 7.9K
    SHARES

  • देउवा–प्रचण्डसँग घाँटी जोडेर माधव नेपाल हुरुक्क हुनुको यस्तो रहस्य ! के हुँदैछ फाइदा ?

    काठमाडौं - माधवकुमार नेपाल एमालेबाट निष्कासित वरिष्ठ नेता । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पछिल्लो समय एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको साथ छाडेका छन् । 

    गत पुस ५ गते ओलीले एक्कासि प्रतिनिधिसभा विघटन गरेपछि नेपाल असन्तुष्ट भएका हुन् । झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरेका ओलीले नेकपा एकता कायम राख्न नसकेको, संसदमा बहुमत गुमाएको, एमालेलाई एकढिक्का राख्न नसकेको, संविधानविपरीत चलेको, सरकार र संवैधानिक निकायमा खल्तीका मान्छे भर्ना गर्न थालेपछि माधव नेपाल अहिले विपक्षी गठबन्धनमा जोडिएका छन् । र, ओलीविरुद्ध सशक्त ढंगले प्रहार गरिरहेका छन् ।

    आफू संकटमा पर्न थालेपछि ओलीले माधव नेपाल पक्षका नेताहरू फकाउने कसरत गरिरहेका छन् । तर, सकिरहेका छैनन् । नेपालविनाको एमाले चलाउन सक्ने अवस्थामा ओली पनि देखिएका छैनन् । नेपालले एमालेलाई ०७५ जेठ २ गतेको अवस्थामा लैजान अडान राखेपछि ओली संकटमा परेका हुन् । 

    वरिष्ठ नेता माधव नेपाल (जसलाई ओली पक्षले साधारण सदस्य समेतबाट हटाएको छ) लाई अहिले कसरी फकाउने  र अदालतमा रहेको मुद्दा कमजोर बनाउने नभए, संसद पुर्नस्थापना भयो भने के गर्ने भन्ने भयबाट अहिले ओली पक्ष बढी तरंगित हुन थालेको छ । तर, माधव नेपाल भने निरन्तर ओलीमाथि प्रहार गर्न रोकिएका छैनन् । कतिसम्म भने बालुवाटारबाट आफूलाई प्रधानमन्त्रीको अफर पनि आएको उनले मिडियासँग खोलिदिए ।

    यसरी अहिले माधव नेपाल ओलीविरुद्ध निकै कन्फिडेन्टका साथ किन बोलिरहेका छन् भन्ने विषयबारे चर्चा परिचर्चा हुन थालेको छ । कतै माधव नेपाल चुनावी सरकारका प्रधानमन्त्री त बन्न गइरहेका छैनन् भन्ने प्रश्नसमेत उठ्न थालेको छ । तर, उनले
    आफू धोका दिने प्रवृत्तिको मान्छे नभएको भन्दै प्रधानमन्त्रीको प्रस्ताव त्याग गरिसकेको बताएपछि भने ओलीविरुद्ध सशक्त मोर्चा चुनावसम्मै कायम हुने देखिएको छ ।

    ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् । यस्तै प्रस्ताव आईसकेको थियो,’ नेता नेपालले  भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’

    राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको र त्यसैमा आफू पनि उभएिको अनुभव सुनाएका नेता नेपालले आफूमा कन्फिडेन्स बढेको बताउनुले यसपटक ओली निकै समस्यामा परेका छन् भन्ने बुझ्न सकिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख ३० २०७७०१:४४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend