सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस क्रियाशील सदस्यविरुद्ध उजुरी दिने म्याद असार १७ गतेसम्म

कांग्रेस क्रियाशील सदस्यविरुद्ध उजुरी दिने म्याद असार १७ गतेसम्म

  • मिडिया डबली
  • आइतवार, आषाढ १३ २०७८

  • 3.5K
    SHARES

  • कांग्रेस क्रियाशील सदस्यविरुद्ध उजुरी दिने म्याद असार १७ गतेसम्म

    काठमाडौं – महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका भोजपुर, धनषा–१, काभ्रे –१, रुकुम पश्चिम, प्युठान र सप्तरी क्षेत्र नम्बर १, २, ३ र ४ गरी ६ जिल्लाका ९ निर्वाचन क्षेत्रको नयाँ र नवीकरणतर्फको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि पार्टीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ ।

    केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको निर्णयअनुसार पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसार प्रक्रिया पुर्‍याई विवादरहित तरिकाले क्रियाशील सदस्यतासम्बन्धी कार्यसम्पन्न गरेको कांग्रेसले जनाएको छ ।

    जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण प्रविष्ट गरी सार्वजनिक गरिएका क्षेत्र र जिल्लाका नामावलीउपर कुनै उजुरी, गुनासा वा सुझाव भए छानविन समितिको नाममा रहेको पार्टीको आधिकारिक इमेल ठेगानामार्फत सम्बन्धित पार्टी निकाय र व्यक्तिले असार १७ गतेभित्र सप्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्ने कांग्रेसले समयसीमा तोकेको छ ।

    असार १७ गतेपछि प्राप्त हुने उजुरीउपर कुनै सुनुवाइ नहुने कांग्रेसले जनाएको छ ।

    km.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend