आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीलाई प्रचण्डको प्रश्न : राजाभन्दा बढी हुन खोजेको हो ?

विद्या भण्डारीलाई प्रचण्डको प्रश्न : राजाभन्दा बढी हुन खोजेको हो ?

  • मिडिया डबली
  • शनिवार, आषाढ १२ २०७८

  • 5.2K
    SHARES

  • विद्या भण्डारीलाई प्रचण्डको प्रश्न : राजाभन्दा बढी हुन खोजेको हो ?

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजाभन्दा बढी हुन खोजेको भन्दै प्रश्न गरेका छन् ।

    काठमाडौंमा ५ दलीय विपक्षी गठबन्धनले शनिबार गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले राष्ट्रपतिबारे सर्वोच्च अदालतमा प्रश्न उठाउन पाइने तर्क गरे ।

    प्रचण्डले भने, ‘सर्वोच्चले राजाको शासन हुँदा शाही आयोग खारेज गरेको होइन ? राष्ट्रपतिको बारेमा सोध्न नपाइने यो लोकतन्त्रवाद हुन्छ ? राष्ट्रपतिको निर्णयमा प्रश्न उठाउन नपाइने भनेर राजाभन्दा बढी हुन खोजेको हो त ?’ राष्ट्रपति भण्डारीले अदालतमा दिएको जवाफमा प्रश्न उठाउन नपाइने उल्लेख भएपछि प्रचण्डले प्रश्न गरेका हुन् ।

    अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भविष्यवाणी समेत गरे । उनले संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन सांसदहरु स्वतन्त्र रहेको बताएका छन् ।

    ‘सर्वोच्चले संविधान, ऐन कानून, लोकतन्त्रको मुल्यमान्यता अनुसार प्रतिनिधिसभा पुनर्स्थापना गर्छ, त्यसअनुसार केही दिनपछि शेरबहादुर प्रधानमन्त्री हुनुहुन्छ । प्रचण्डले पहिलै भनेको थियो भनेर पछि प्रश्न उठाइएला, यस्तो पनि हुन्छ ? यति भन्न नपाइने राजनीतिक र लोकतान्त्रिक स्वतन्त्रतामा ?’ उनले भने । 

    प्रचण्डले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बिदा दिन्छ भनेर धादिङमा बोलिएको कुरालाई गलत प्रचार गरिएको स्पष्ट पारे । 

    प्रचण्डले थप स्पष्ट पार्दै भने, ‘संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री पहिल्यै कामचलाउ भएका हुन् । कामचलाउ प्रधानमन्त्रीले दुनियाँमा कहीँ पनि मन्त्रिपरिषद् विस्तार गर्दैन, संविधानको हवाला दिँदै यी मन्त्रीलाई अदालतले बिदा दिन्छ भनेको थिएँ ।’

    सर्वोच्च अदालतको आदेश अगावै मन्त्रीहरु हट्दैछन् भन्ने अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लिएर शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा सेटिङको आशंका व्यक्त गरेका थिए ।

    ‘अहिले त एकछिन मजा आउला, मन्त्री हटाइदिएर ओलीलाई काम गर्न नदिएकोमा खुच्चिन गरेका थिए । पछि नियुक्त गरिएका मन्त्री भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु भनेका थिए । न्याय निष्पक्ष निरूपण भयो कि अरु नै हिसाबले ?’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘एउटा हल्ला चर्चा छ नि सेटिङ भन्ने, नत्र भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन धादिङमा स्याल करायो, कसरी त्यो भयो त ? गम्भीर कुरा छ ।’

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई धम्क्याउने काम गरिरहेको आरोप लगाएका छन् । ‘कहिले महान्यायाधीवक्ताबाट, कहिले आफैं धम्काएका छन्,’ उनले भने । 

    प्रचण्डले संविधानको धारा ७६(५) सांसदहरुको विशेषाधिकार भएको दाबी गरेका छन् । ‘धारा ७६(५) सांसदको विशेषाधिकार हो, लास्ट पर्‍यो भने सांसदले संसद जोगाउन सक्छन् भनेर छलफल गरेर पारित गरिएको हो । निर्दलीयता होइन, संसदको विशेषाधिकार हो । संविधान अनुसार अदालतले गर्छ,’ उनले भनेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend