काठमाडौं – नेकपा एमालेले सर्वाेच्च अदालतको निर्णय पालना नगरी फेरि संसदीय दलको बैठकबाट कर्णाली प्रदेश सरकाका ३ मन्त्रीलाई निलम्बन गर्ने निर्णय गरेपछि त्यसविरुद्ध मुद्दा हाल्ने तयारी गरिएको छ ।
एमालेले निलम्बनको निर्णय गरेपछि प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी शुक्रबार निलम्बन गरेको छ ।
प्रदेशसभा सचिवालयले शुक्रवार एक सूचना प्रकाशित गर्दै भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई १ महिनाका लागि निलम्बन गरिएको जनाएको छ ।
एमालेको सिफारिसमा प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सूचनामा सचिव जीवराज बुढाथोकीले हस्ताक्षर गरेका थिए ।
सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा दलको निर्णय भन्दै प्रदेशसभा सचिवालयले निलम्बन गरेको सूचना सार्वजनिक गरेकोमा माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट रहेका सभामुख राजबहादुर शाही प्रदेशसभामा गेम खेलिरहेको माधव पक्षका ती ३ मन्त्रीहरूको आशंका रहेको छ ।
अदालतको आदेशको प्रदेशसभा सचिवालयको उल्लंघन गरेको नेपाल पक्षको ठहर रहेको छ । सर्वाेच्च अदालतले अन्तरिम आदेशबाट पुनर्बहाली गरेपछि पनि पुनः निलम्बन गरिएपछि फेरि सर्वाेच्च अदालत जाने तयारी मन्त्रीहरूले गरेका स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।