आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

विद्या भण्डारीलाई ‘चिथोर्न’ खोजेपछि केपी ओली आक्रोशित 

विद्या भण्डारीलाई ‘चिथोर्न’ खोजेपछि केपी ओली आक्रोशित 

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ११ २०७८

  • 6.0K
    SHARES

  • विद्या भण्डारीलाई ‘चिथोर्न’ खोजेपछि केपी ओली आक्रोशित 

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिथोर्ने प्रतिस्पर्धा चलेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित बनेका छन् ।

    आज शुक्रवार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले रिसाएको बिरालोले खाँबो चिथोरेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ त्यो ठूलो हुने प्रतियोगिता नै चलेको बताएका छन् ।

    ‘हिजो पनि केही भूतपूर्वहरूको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ, त्यसमा पनि राष्ट्रपतिमाथि ! राष्ट्रपतिभन्दा राजै राम्रो भन्नेसम्म उहाँहरू पुग्नुभयो ।’

    हिजो बिहीवार विपक्षी गठबन्धनले पत्रकार भेटघाटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको संरक्षक अभिभावक मानेको राष्ट्रपतिले समेत आफ्नो गरिमा राख्न नसकेको आरोप लगाएका थिए । प्रचण्डले भनेका थिए, ‘अहिले त राष्ट्रपति भनेको संस्था त राजाहरू हुँदा एउटा शान थियो । अहिले त शान पनि छैन, मान पनि छैन, कस्तो भयो हामीले बनाएको संस्था ?’

    प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारी आफूले पाएको अधिकारमा सीमित रहेको तर्क गरे । ओलीले भने, ‘उहाँहरूको सम्बन्धमा मलाई धेरै केही भन्नु छैन । आ–आफ्नो कल्चरल लेभलको कुरा होला, गणतन्त्रप्रति वैरभाव पनि होला ।’

    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले ‘सेटिङ’मा फैसला गरेको शंका गरे । ओलीले भने, ‘धादिङमा अघिल्लो दिन नै भने – पछि नियुक्त गरिएका मन्त्रीहरू भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु । अथवा न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ ... ! भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ? गम्भीर प्रश्न छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend