आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसभित्र गगन थापासहित पौडेल पक्षको बैठकबाट यस्तो निर्णय

कांग्रेसभित्र गगन थापासहित पौडेल पक्षको बैठकबाट यस्तो निर्णय

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ११ २०७८

  • 9.5K
    SHARES

  • कांग्रेसभित्र गगन थापासहित पौडेल पक्षको बैठकबाट यस्तो निर्णय

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यले छुट्टै बैठक गरेका छन् ।

    काठमाडौंको एक पार्टी प्यालेसमा भएको भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, गगनकुमार थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्यको उपस्थिति रहेको थियो ।

    भेलाले कांग्रेसको १४औं महाधिवेशनको सम्बन्धमा क्रियाशील सदस्यता छानबिन गरी छिट्टै टुंगो लगाउन जोड दिने निर्णय गरेको छ ।

    पौडेल पक्षीय नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आए पनि सहमति निर्माण गर्नुपर्ने छलफलको निष्कर्ष रहेको जानकारी दिए ।

    आसन्न महाधिवेशनका लागि पौडेल पक्षबाट सर्वस्वीकार्य उम्मेदवार चयन गर्न थप छलफल गरिने जनाइएको छ ।

    सभापति शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधि सभापति पदमा लड्ने तयारीमा लागिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend