आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गगन थापा र विश्वप्रकाश शर्मा दुबै यसरी बन्न सक्छन् एकैपल्ट कांग्रेस महामन्त्री !

गगन थापा र विश्वप्रकाश शर्मा दुबै यसरी बन्न सक्छन् एकैपल्ट कांग्रेस महामन्त्री !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ११ २०७८

  • 11.1K
    SHARES

  • गगन थापा र विश्वप्रकाश शर्मा दुबै यसरी बन्न सक्छन् एकैपल्ट कांग्रेस महामन्त्री !

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा अधिकांशको आकर्षण युवा उम्मेदवारप्रति छ । सभापतिमा नयाँ अनुहार आउनुपर्ने बहस चलिरहेका बेला महामन्त्री पदमा समेत धेरैको चासो छ ।

    महामन्त्री पदमा ७ जना चर्चित युवाहरू उम्मेदवार बन्नसक्ने देखिएको छ । तर तीमध्ये गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई धेरैले रुचाउने गरेका छन् ।

    महामन्त्री पदमा २ जना भिड्दा एक जना हार्नुपर्ने होला भनेर धेरैले सोच्ने गर्छन् तर यसपालि गगन र विश्वप्रकाश दुबैले एकैपल्ट जित्नसक्ने प्रावधान नेपाली कांग्रेसको विधानमा रहेको छ ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा २ जना महामन्त्री हुने भएपनि यसपालिदेखि दुबै महामन्त्री चुनावबाट निर्वाचित गर्ने व्यवस्था गरिएको छ । यसअघि १ महामन्त्री निर्वाचनबाट र १ महामन्त्री सभापतिले मनोनित गर्ने व्यवस्था रहेको थियो । यसपालि दुबै महामन्त्री चुनावबाटै निर्वाचित हुने भएकाले महाधिवेशन प्रतिनिधिको भोट पाउन सकेमा गगन र विश्वप्रकाश दुबै एकैपल्ट महामन्त्री बन्न सक्नेछन् ।

    यस्तो बेला महामन्त्री पदका सम्भावित आकांक्षीबारे नेपाली कांग्रेसका चर्चा सुरु भएको छ । गगन र विश्वप्रकाशसँगै प्रदीप पौडेललाई समेत महामन्त्रीमा आकांक्षीका रूपमा हेरिएको छ ।

    नेताहरु धनराज गुरुङ, जीवन परियार, चन्द्र भण्डारी, सरिता प्रसाई, कल्याण गुरुङ समेत कांग्रेसमा पदाधिकारीका आकांक्षी छन् । 

    कांग्रेसमा युवाभन्दा बढी समय राजनीति गरेका रामशरण महत, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, रमेश लेखकले पनि महामन्त्रीमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको चर्चा छ ।

    महाधिवेशनमा उम्मेदवारी दिँदा कुन प्यानलको सभापतिले कुन महामन्त्रीलाई रोज्छन् र उम्मेदवार बनाउँछन् भन्ने हेर्न बाँकी छ ।

    आगामी भदौमा हुने महाधिवेशनका लागि सभापतिका प्रतिस्पर्धीले दौडधुप सुरू भएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेता प्रकाशमान सिंह लगायत आकांक्षी देखिएका छन् ।

    देउवा र निधिले प्रचारप्रसार र छलफललाई घनिभूत बनाएका छन् । वरिष्ठ नेता पौडेलले समेत आफ्नो पक्षभित्र छलफल अगाडि बढाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend