सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

विद्या भण्डारीभन्दा त राजा नै ठीक : प्रचण्ड, राजतन्त्र फर्किएला ?

विद्या भण्डारीभन्दा त राजा नै ठीक : प्रचण्ड, राजतन्त्र फर्किएला ?

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 6.7K
    SHARES

  • विद्या भण्डारीभन्दा त राजा नै ठीक : प्रचण्ड, राजतन्त्र फर्किएला ?

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजाको समर्थनमा बोल्न थालेका छन् ।

    विपक्षी गठबन्धनका ५ दलले गरेको सम्पादकसँगको अन्तक्र्रियामा बोल्दै प्रचण्डले बेइज्जत भइसकेको अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीभन्दा त राजा नै ठीक रहेको प्रतिक्रिया दिए ।

    प्रचण्डले राष्ट्रपति भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको दाबी गर्दै अहिलेको राष्ट्रपतिभन्दा राजा नै ठीक रहेका बताए । ‘कमसेकम राजाको सान त थियो,’ प्रचण्डले भने । प्रचण्डले नै राजा ठीक भनेपछि राजतन्त्र फर्किने बहस चर्किने भएको छ ।

    आफूहरूको संघर्ष कसलाई प्रधानमन्त्री बनाउने र हटाउनेभन्दा पनि संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि भएको प्रचण्डले बताए ।

    ‘एउटा प्रधानमन्त्री बनाउन र एउटा हटाउनकै लागि मात्रै यो गठबन्धन बनेको होइन । यो संघर्ष संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाइँ हो । सिस्टम बचाउने वा नबचाउने भन्ने लडाइँ हो । यसमा पाँचै दलमा समझदारी बनेको छ । यो प्रधानमन्त्रीका निम्ति भएको संघर्ष होइन,’ प्रचण्डले भने ।

    सैद्धान्तिक सहमतिका साथ ५ दलको गठबन्धन बनेको प्रचण्डले बताए । ‘पहिलो, संविधानको रक्षा गर्ने र समयानुकूल परिमार्जन गर्दै लैजाने, दोस्रो, लोकतन्त्रका आधारभूत मान्यताको रक्षा गर्ने र तेस्रो, देशको राष्ट्रियता रक्षा गर्ने भन्ने सिद्धान्तमा यो गठबन्धन बनेको हो,’ उनले भने ।

    विपक्षी गठबन्धनलाई पछिसम्म कसरी लैजान सकिन्छ भन्नेबारे ५ दलबीच लामो बहस र छलफल भएको प्रचण्डले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend