आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान

राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 7.0K
    SHARES

  • राष्ट्रपति भण्डारीबाट संसद अधिवेशन आह्वान

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट असार १७ गते बिहीबारदेखि बस्ने गरी राष्ट्रियसभा संसद अधिवेशन आह्वान गरिएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान भएको जानकारी दिए ।

    विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/३/१० को सिफारिसमा सम्वत् २०७८ साल असार १७ गते बिहीबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।’

    राष्ट्रपति भण्डारीबाट प्रतिनिधिसभा संसद भने विघटन गरेर आगामी कात्तिक र मंसिरमा मध्यावधि निर्वाचनको घोषणा गरिएको छ । जसविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ । 

    san.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend