काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरिएको छ ।
संवैधानिक परिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले पदाधिकारी नियुक्त गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।
अख्तियार आयोगमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ ब्याञ्जूलाई नियुक्त गरिएको छ ।
लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी तथा सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जुकुमारीलाई नियुक्त गरिएको छ ।
निर्वाचन आयोगमा सगुन शमशेर जबरालाई नियुक्त गरिएको छ । संसद् विघटन रहेको अवस्थामा संसदीय सुनुवाइविनै पदाधिकारी नियुक्त गरिएको छ ।
पढ्नुहोस् नामावली –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।