आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्च अदालतभित्रै यी वरिष्ठ अधिवक्ताले खोले विद्या भण्डारीको पोल ! रामवरण यादवको प्रशंसा

सर्वाेच्च अदालतभित्रै यी वरिष्ठ अधिवक्ताले खोले विद्या भण्डारीको पोल ! रामवरण यादवको प्रशंसा

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 34.9K
    SHARES

  • सर्वाेच्च अदालतभित्रै यी वरिष्ठ अधिवक्ताले खोले विद्या भण्डारीको पोल ! रामवरण यादवको प्रशंसा

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको पोल खोलेका छन् ।

    श्रेष्ठले सरकारका गलत सिफारिसहरू राष्ट्रपतिले नसच्याउँदा अहिलेको अवस्था आएको गम्भीर आरोप लगाए ।

    विगतमा सेनापति रुक्मांगद कटुवाललाई मन्त्रिपरिषद्ले कारवाही गर्दा तत्कालीन राष्ट्रपति रामवरण यादवले सच्याएको स्मरण गर्दै श्रेष्ठले अहिले ओली सरकारले जे सिफारिस गरे पनि आँखा चिम्लेर राष्ट्रपतिले सदर गरिदिँदा समस्या देखिएको बताएका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत १४६ सांसदको तर्फबाट दायर रिटको पक्षमा बिहीवार बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘मन्त्रिपरिषद्को गलत निर्णय नसच्याएर राष्ट्रपतिलाई श्री ५ भन्दा पनि ठूलो महाराज बनाउन खोजिएको हो ? हामीले राजा ज्ञानेन्द्रलाई हटाएर यो व्यवस्था ल्याएको होइन ?’

    श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई इजलासले सोधेको लिखित जवाफप्रति टिप्पणी गर्दै ओली शब्द चयनमा माहिर रहेको बताएका छन् । ‘धारा ७६(५) सांसदहरूलाई दिएको ब्रम्हास्त्र हो । उपधारा ५ अनुसार सांसदहरूले अन्तिमसम्म पनि सरकार दिएर संसद जोगाउन सक्छन् । जहाँ सांसदहरूले स्वतन्त्र रूपमा सरकार बनाएर संसद जोगाउन सक्छन् । ७६(५) अनुसार दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्क हुन सक्दैन,’ श्रेष्ठले भने ।

    प्रतिनिधि सभाका १४९ जना सदस्यले राष्ट्रपति कहाँ उपस्थित भएर सरकार गठन गर्न लिखित आग्रह गरेको भन्दै श्रेष्ठले देउवा प्रधानमन्त्री बन्न योग्य रहेको जिकिर गरेका छन् । श्रेष्ठले प्रधानमन्त्री ओलीको गलत रवैया सच्चिनुपर्नेमा जोड दिएका छन् ।

    ‘हिटलर त्यसै जन्मिने होइन । उच्च ओहदामा बसेकाहरूको यस्तै व्यवहारले हिटलर जन्मिने हो,’ श्रेष्ठले भने । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend