काठमाडौं – सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका २० मन्त्री बर्खास्त भएपछि बालुवाटारमा छटपटी भएको छ ।
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्न नपाइने अन्तरिम आदेश सर्वाेच्चले गरेपछि बालुवाटारमा छटपटी देखिएको हो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ट्विटरमा लेख्दै अदालतका न्यायाधीशमाथि केही प्रश्न गरेका छन् ।
थापाले ट्विटरमा लेखेका छन्, ‘कोरोना महामारीको कहर छ, खोप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ । बाढीको चपेटामा परेर मेलम्ची राहत–उद्धार पर्खेको छ, चुनाव गराउन शाान्ति–सुरक्षाको विशेष खाँचो पर्छ, गृहमन्त्री खाली गरिएको छ । आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान् ?’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासले ओली सरकारमा नयाँ नियुक्त २० मन्त्रीलाई पदमुक्त गर्ने अन्तरिम आदेश दिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।