आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीसँग झगडा परेपछि माधव नेपाल पक्षको छुट्टै दल दर्ता भयो, हेर्नुहोस् प्रमाणपत्र

ओलीसँग झगडा परेपछि माधव नेपाल पक्षको छुट्टै दल दर्ता भयो, हेर्नुहोस् प्रमाणपत्र

  • मिडिया डबली
  • बुधवार, आषाढ ९ २०७८

  • 8.4K
    SHARES

  • ओलीसँग झगडा परेपछि माधव नेपाल पक्षको छुट्टै दल दर्ता भयो, हेर्नुहोस् प्रमाणपत्र

    काठमाडौं – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँग झगडा परेपछि असन्तुष्ट नेपाल माधवकुमार नेपाल पक्षको छुट्टै दल दर्ता भएको छ ।

    माधव नेपाल पक्षका नेता जीवन राईको अध्यक्षतामा दल दर्ता भएको छ । 

    पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) राखिएको छ भने चुनाव चिह्न कलम हुने भएको छ ।

    निर्वाचन आयोगमा आएको निवेदनका आधारमा जीवन राई अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

    नयाँ दर्ता भएको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

    राईले गत वैशाख ६ गते आयोगमा दल दर्ताको निवेदन परेको थियो । दलको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

    यस्तो छ प्रमाणपत्र –

    em.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend