काठमाडौं – सत्तारुढ दल नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै पार्टी एकता भंग गर्ने खालका गतिविधि गरिरहेको खुलासा गरेका छन् ।
कर्णालीमा ‘फ्लोर क्रस’ गरेका प्रदेश सांसदमाथि गरिएको कारबाही अदालतले उल्टाएपछि फेरि भ्याकेटमा जाने निर्णयले पार्टी एकतालाई भंग गर्ने दिशामा लैजान खोजिएको नेता नेपालले प्रस्ट पारे ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेपालले भने, ‘स्थायी कमिटीका नेतामाथि कथित कारवाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो ।’
सत्ता जोगाउनका लागि संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध लागेको सहजै देख्न सकिने टिप्पणी नेपालले गरेका छन् ।
नेपालले लेखेका छन्, ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्वहरुसँग सावधान हुन सबैको ध्यानाकर्षण गराउँछु ।’
नेता नेपालले यस्तो लेखे –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।