आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

टिप्परको ठक्करबाट कांग्रेसका सचिवको निधन

टिप्परको ठक्करबाट कांग्रेसका सचिवको निधन

  • मिडिया डबली
  • सोमवार, आषाढ ७ २०७८

  • 5.7K
    SHARES

  • टिप्परको ठक्करबाट कांग्रेसका सचिवको निधन

    काठमाडौं – टिप्परको ठक्करबाट नेपाली कांग्रेस धनकुटाका सचिव कृष्ण थापाको निधन भएको छ ।

    धनकुटाबाट झापा जाने क्रममा आईतबार साँझ ७ः४० बजेतिर मोरङको विराट चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित २ जनाको निधन भएको हो ।

    दुर्घटनामा धनकुटाको पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको छ ।

    थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव थिए भने शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी थिए ।

    दुर्घटनामा परेका थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होममा पठाएको छ ।

    दुर्घटनामा परेको को३६प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुर आफैंले चलाएका प्रहरीले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने सुन्दरहरैंचा नगरपालिका–९ विराट चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिप्परले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

    टिप्परको ठक्करबाट बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार को२९प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो । थापा चढेको मोटरसाइकल समेत सँगै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतवार राति ९ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला सचिव थापाको अन्त्येष्टि सोमबारै मुलघाटस्थित तमोर नदीमा गरिने नेपाली कांग्रेस धनकुटाले जानकारी दिएको छ ।

    पार्टी सचिवको निधन भएको शोकमा नेपाली कांग्रेस धनकुटा र मातहतका सबै कार्यसमितिको पार्टी कार्यालयमा झण्डा झुकाएर ३ दिनसम्म कार्यालय बन्द रहने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend