आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्डको गृहजिल्ला चितवनमा कांग्रेसलाई शक्तिशाली बनाउने यी ८ नेताको ‘प्लान’

प्रचण्डको गृहजिल्ला चितवनमा कांग्रेसलाई शक्तिशाली बनाउने यी ८ नेताको ‘प्लान’

  • मिडिया डबली
  • सोमवार, आषाढ ७ २०७८

  • 10.2K
    SHARES

  • प्रचण्डको गृहजिल्ला चितवनमा कांग्रेसलाई शक्तिशाली बनाउने यी ८ नेताको ‘प्लान’

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनस्थित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार नउठाई प्रचण्डपुत्री रेणु दाहाललाई समर्थन गर्‍यो । त्यतिबेलादेखि असन्तुष्ट रहेका कांग्रेस नेता कार्यकर्ताले चितवनमा कांग्रेसको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्ने गरेका छन् ।

    आगामी भदौमा नेपाली कांग्रेसको महाधिवेशन हुने भएपछि त्यसअघि नै चितवन जिल्लाको नेतृत्वमा सक्षम व्यक्तिलाई ल्याउन चहलपहल सुरु भएको छ ।

    प्रचण्डको गृहजिल्ला चितवनमा कांग्रेसलाई शक्तिशाली बनाउन ८ नेताले प्लानसहित नेतृत्वमा आउन चाहेका छन् । प्रचण्डले चितवनबाट चुनाव लड्नुअघि नेपाली कांग्रेस धेरै मजबुत रहेको थियो ।

    कांग्रेस चितवन जिल्लाका सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यमा जाने भएपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी सभापतिको दौडमा रहेका देखिएका छन् । पूर्व सांसद एवं तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, नेपाल विद्यार्थी संघ चितवनका पूर्व अध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिस्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरे तथा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले समेत सभापतिको उम्मेदवारी दिने आकांक्षा देखाएका छन् ।

    चितवन क्षेत्र नम्बर १ का महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नम्बर २ का राजेश्वर खनाल र क्षेत्र नम्बर ३ का विजय भुसाल समेत सभापतिको चुनावी प्रतिस्पर्धामा रहेका छन् । यी आकांक्षीमध्ये कतिपयले १३ औं महाधिवेशन सकिएदेखि नै जिल्ला सभापतिमा चुनाव लड्ने भन्दै तयारी गर्दै आएका छन् ।

    जिल्ला सभापति श्रेष्ठले वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरूले चुनावी प्रचार थालिसकेको बताए । महाधिवेशन हुने वा नहुने दोधारबीच नयाँ मिति तय भएपछि कोभिड महामारीको अवस्थामा समेत उम्मेदवारहरू मैदानमा उत्रिएका छन् ।

    चितवनमा २७ हजार ८५५ क्रियाशील सदस्य रहेका छन् । तीमध्ये १० हजार ८०७ जना नयाँ सदस्य रहेका छन् । पुराना सदस्यको नवीकरण हुने भएकाले ३०–४० जना थप हुने अनुमान गरिएको छ ।

    सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १५ हजार ६५८ क्रियाशील सदस्य छन् । दोस्रो धेरै रत्ननगर नगरपालिकामा ४ हजार ४०१, खैरहनीमा ३ हजार ७, राप्तीमा १ हजार ३४५, कालिकामा १ हजार ६७८, माडीमा ९०६ र इच्छाकामना गाउँपालिकामा ८६० जना क्रियाशील सदस्य रहेका छन् ।

    यसअघि सम्पन्न अधिवेशनमा १९ हजार ६०० क्रियाशील सदस्य रहेकोमा १७ हजार १०० जनाको नवीकरण भएको जनाइएको छ ।

    नेपाली कांग्रेसले आगामी साउन १२ गते वडा तहमा अधिवेशन गर्ने भएको छ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुने भएका छन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्ने तय भएको छ ।

    साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्नेछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्ने तय भएको छ ।

    गृहजिल्ला चितवनलाई प्रचण्डले राजनीतिक क्षेत्र बनाएपछि माओवादीको दबदबा बढ्दै गएको छ । कांग्रेसको केन्द्रीय नेतृत्वले समेत चितवनलाई माओवादीको जिम्मा लगाएका कारण कांग्रेसको दबदबा फर्काउने चुनौती नयाँ नेतृत्वमा रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend