आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वाेच्च अदालतले ठूलो झड्का दिएपछि केपी ओलीले चाले यस्तो कदम, अब के होला ?

सर्वाेच्च अदालतले ठूलो झड्का दिएपछि केपी ओलीले चाले यस्तो कदम, अब के होला ?

  • मिडिया डबली
  • सोमवार, आषाढ ७ २०७८

  • 10.0K
    SHARES

  • सर्वाेच्च अदालतले ठूलो झड्का दिएपछि केपी ओलीले चाले यस्तो कदम, अब के होला ?

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो झड्का लाग्ने गरी सर्वाेच्च अदालतको अन्तरिम आदेशले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका ४ सांसदलाई पुनर्बहाली गरिदियो । पुनर्बहाली मात्रै गरेन, ओली नेतृत्वको महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीलाई मान्यता दिएन ।

    यसरी अदालतबाट झड्का लागेपछि ओलीले अर्काे कदम चालेका छन् । जसमा सर्वोच्चको अन्तरिम आदेश रद्द गर्नुपर्ने माग गर्दै पुनरावलोकन निवेदन दिइएको छ ।

    प्रधानमन्त्री ओलीका कानूनी सल्लाहकार बाबुराम दाहालले आईतवार सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता भएको जानकारी दिए । पुनरावलोकन निवेदनको सुनुवाई भोलि मंगलवार तोकिएको उनले बताए ।

    यसअघि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गत जेठ २७ गते कर्णालीका ४ सांसदमाथि एमालेले गरेको कारवाही मान्य नहुने भन्दै ४ सांसदलाई पुनर्बहाली गरिदिएको थियो । पार्टीको केन्द्रीय कमिटीले कारबाही गर्न पाउने भएपनि महाधिवेशन आयोजक कमिटीले कारवाही गर्न नमिल्ने अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

    पुनरावलोकन निवेदकमा महाधिवेशन आयोजक कमिटी समेत केन्द्रीय कमिटीले बनाएकाले केन्द्रीय कमिटी सरहकै अधिकार प्रयोग गर्नसक्ने दाबी गरिएको छ ।

    संसदीय व्यवस्थामा राजनीतिक दलको ह्वीप उल्लंघन गर्दा पार्टीले कारवाही गर्नसक्ने भन्दै एमालेले पुनरावलोकनमा कर्णालीमा ४ जनामाथि गरिएको कारवाही राजनीतिक दलसम्बन्धी ऐनअनुसार नै रहेको तर्क गरेको छ ।

    कर्णालीका एमाले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापाले गत बैशाख ३ गते ‘फ्लोर क्रस’ गरेर नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि पार्टीबाट निष्कासन गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend