आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीका खासखास मान्छेलाई लखेट्न देउवा, प्रचण्ड, नेपाल र भट्टराईबीच यस्तो सहमति

केपी ओलीका खासखास मान्छेलाई लखेट्न देउवा, प्रचण्ड, नेपाल र भट्टराईबीच यस्तो सहमति

  • मिडिया डबली
  • सोमवार, आषाढ ७ २०७८

  • 8.5K
    SHARES

  • केपी ओलीका खासखास मान्छेलाई लखेट्न देउवा, प्रचण्ड, नेपाल र भट्टराईबीच यस्तो सहमति

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी गठबन्धनका नेताहरूले बैठक गरेर प्रतिगामी कदम चालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीका मान्छेलाई देशभरका प्रदेश सरकारबाट लखेट्ने सहमति गरेका छन् ।

    छलफलले गठबन्धनलाई निरन्तरता दिने र गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा समेत ओली पक्षका मुख्यमन्त्री हटाएर नयाँ सरकार गठनको प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन् ।

    १ नम्बर प्रदेशमा शेरधन राई, बागमती प्रदेशमा डोरमणि पौडेल र लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई मुख्यमन्त्रीबाट हटाएर विषयमा कांग्रेस र माओवादीको सरकार बनाउने विषयमा छलफल भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

    छलफलमा नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । छलफलमा एमालेको तर्फबाट नेपालसँगै भीम रावल सहभागी थिए । कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्कालगायत नेता सहभागी रहेका थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायत नेताहरू सहभागी रहेका थिए । 

    बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ, अशोक राई सहभागी रहेका थिए भने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको समेत सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend