आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्डपुत्री रेणुको महानगरमा करोडौं अनियमितता पर्दाफास भएपछि चितवनमा खैलाबैला

प्रचण्डपुत्री रेणुको महानगरमा करोडौं अनियमितता पर्दाफास भएपछि चितवनमा खैलाबैला

  • मिडिया डबली
  • आइतवार, आषाढ ६ २०७८

  • 11.9K
    SHARES

  • प्रचण्डपुत्री रेणुको महानगरमा करोडौं अनियमितता पर्दाफास भएपछि चितवनमा खैलाबैला

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा करोडौंको अनियमित खर्च बेरुजुबारे पर्दाफास भएपछि खैलाबैला मच्चिएको छ ।

    प्रचण्डपुत्री दाहाल मेयर बनेर आएपछि मात्रै भरतपुरमा गैरकानूनी रूपमा खर्च भएको ३० करोड ११ लाख रुपैयाँ बेरुजुमा चढेको छ ।

    भरतपुर महानगरपालिकामा करोडौं रुपैयाँको अनियमितता भएको तथ्य बाहिरिएपछि आत्तिएर महानगरले अनियमितता ढाकछोप गर्ने कोसिस गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै हालसम्मको लेखापरीक्षणको प्रतिवेदनमा नियमित गर्नुपर्ने भनी दिएको सुझावलाई भ्रष्टाचार अनियमितता गरेको भनी सार्वजनिक सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् । 

    महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा दिएका सुझावको आधारमा महानगरपालिकामा भ्रष्टाचार र अनियमितता भएको भनी सञ्चारमाध्यममा आउनु दुःखपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ । तर आर्थिक कार्यविधि ऐन अनुसार ऐननियम अनुसार नभएर अनियमित रूपमा भएका खर्चलाई बेरुजुमा राख्ने गरिएको छ ।

    ‘महानगरमा भए गरेका कामहरु गलत वा बदनियतपूर्ण देखिएमा सत्यतथ्य खोजबिन गरी सप्रमाण बाहिर ल्याउन सबैमा अनुरोध गर्दै, तथ्य र तथ्यांकहरुलाई तोडमोड गरी समाचार प्रकाशन र प्रसारण नगरिदिनुहुन समेत सम्बन्धित सबैलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्ति अनुसार ठूलो हिस्सा नियमित गर्नुपर्ने र पेश्की बेरुजु रहेको तथा असुलउपर गर्नुपर्ने बेरुजु निकै कम रहेको विज्ञप्तिमा दाबी गरिएको छ । तर असुलउपर गर्नुपर्ने बेरुजु कति हो भनेर खुलाइएको छैन ।

    बेरुजु फर्छ्यौटका लागि महानगरपालिकाले बेरुजुको लगत राख्ने, वर्गीकरण गर्ने तथा अध्ययन गर्नको लागि बेरुजु फर्छ्यौट समिति गठन गरेको, लेखा समितिले निरन्तर कार्य गरिरहेको र नियमित गर्ने बेरुजुको लगत तयार गरी सोको प्रमाण जुटाई लेखा समिति, बेरुजु फर्छ्यौट समिति हुँदै लेखा उत्तरदायी अधिकृतको निर्णयबाट नियमित गरी फछ्र्यौट गरेको प्रमाण महालेखा परीक्षकको कार्यालयमा पेश गरी संपरीक्षण गराई लगतकट्टा गर्ने चरणमा रहेको महानगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    महानगरका जनप्रतिनिधि आउनुअघिको बेरुजु ६६ करोड ८९ लाख रुपैयाँ थियो भने जनप्रतिनिधि आएपछि पनि ३० करोड ११ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend